भित्तो काट्न कठिन भएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा क्यान्टिलिभरको काम सुरु
चितवन, १४ जेठ । नारायणगढ– मुग्लिन सडकखण्ड विस्तारका क्रममा भित्तो काट्न कठिन भएपछि केही क्षेत्रमा क्यान्टिलिभरको काम सुरु गरिएको छ ।
सडकभन्दा बाहिर टप निकालेर सडक चौडा हुने संरचनालाई क्यान्टिलिभर भनिन्छ । मुग्लिन बजारबाट १ दशमलब ५ किमीदेखि दुई किमी नारायणगढतर्फ क्षेत्रमा छ ठाउँमा क्यान्टिलिभर पद्धतिबाट सडक चौडा गरिने भएको छ । सबै क्षेत्रमा गरी एक सय ९० मि लामो सडकमा क्यान्टिलिभर गरिँदैछ । सो क्षेत्रमा हाल सडक ५ दशमलब ५ मि मात्रै चौडा छ । सो सडकलाई ९ मि चौडा गरिँदैछ । अग्लो पहरो र साँघुरो सडक भएकाले काममा कठिन भएपछि क्यान्टिलिभर पद्धति प्रयोग गरिएको हो ।
नारायणढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार सो पद्धतिबाट थप ५ दशमलब ५ फि सडक चौडा गर्न लागिएको हो । साँघुरो सडक भएकाले टप निकाल्नका लागि निर्माण गरिने स्ल्याब अन्यत्र बनाएर ल्याउनुपर्ने भएको छ । सोका लागि रड काट्ने र फर्मा बनाउने काम भइरहेको खनालले बताउनुभयो ।
तीन मि लम्बाइ र तीन मि चौडाइका आरसिसी स्ल्याब बनाइँदैछ । सोको मोटाइ ३० सेमीदेखि ६० सेमीसम्म रहेको छ । स्ल्याबको एकातर्फको भाग सडक बाहिर ५ दशमलब ५ फि टप बनेर बस्छ भने अर्कातर्फको भागलाई खनेर सिमेन्टले जमाइन्छ । त्यसमाथि ढलान गरिने छ ।
नेपालमा यति फराकिलो क्यान्टिलिभर पद्धतिबाट सडक चौडा गर्न लागिएको यो पहिलो भएको खनालले बताए यसअघि देशका विभिन्न सडक खण्डमा थोरै चौडा पार्न क्यान्टिलिभर पद्धति अपनाइएको उनले बताए । “जुन पद्धति हामीले अहिले प्रयोग गर्दैछौं, यो नेपालका लागि नयाँ हो”, खनालले भने ।
सो क्षेत्रमा ५८ मि अग्लो ठाउँबाट पहरो काट्नुपर्ने अवस्था छ । क्यान्टिलिभरबाट सडक चौडा गरिएपछि करिब १४ मि उचाइबाट पहरो काटेर सडक चौडा गर्न सकिने आयोजनाले जनाएको छ । सो सडक खण्डको तेस्रो खण्ड अर्थात् सो क्षेत्रमा भित्तो काटेर दुई सय १० मि सडक चौडा गर्न बाँकी तथा दोस्रो खण्ड अर्थात् सडक खण्डको बीच भागमा पाँचसय मिटर सडक चौडा गर्न बाँकी छ ।
दोस्रो खण्डमा ४४ मिमाथिबाट पहरो काट्ने काम भइरहेको छ । पहिलो खण्ड अर्थात् नारायणगढतर्फको भागमा भने भित्तो काट्ने काम छैन । उक्त खण्डमा कालोपत्रेको काम सुरु भइसकेको खनालले बताउनुभयो । हालसम्म ४८ प्रतिशत काम मात्र सम्पन्न भएको छ । भूकम्प, नाकाबन्दीलगायत कारण काममा ढिलाइ भएको भन्दै समय थप गरिएको छ । आउँदो पुस मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने हुन्छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण