शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

आर्थिक क्षेत्रको सुधार उत्साहजनक : अर्थमन्त्री महरा

आइतबार, १४ जेठ २०७४, १५ : ०५
आइतबार, १४ जेठ २०७४
काठमाडौ, जेठ १४ –सरकारले आर्थिक क्षेत्रको सुधार उत्साहजनक रहेको जनाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण, सार्वजनिक संस्थानको आर्थिक स्थितिको समिक्षा २०७४ र आर्थिक वर्ष २०७३÷०७४ को प्रगति विवरण’ संसदमा पेश गर्दै मुलुकको आर्थिक क्षेत्रको सुधार उत्साहजनक रहेको बताएका हुन् । मन्त्री महराले कृषि क्षेत्रको उत्पादनमा वृद्धि, पूँजीगत खर्चको वृद्धि, उर्जा व्यवस्थापन, लगानीको वातावरणमा सुधार मुलुकको आर्थिक क्षेत्रको सुधारको आधार भएको पनि स्पष्ट पारे । चालू आर्थिक वर्षको अन्त्यसम्ममा आर्थिक वृद्धिदर ६ दशमलव ९४ प्रतिशत पुग्ने लक्ष्य लिइएको उनको भनाई थियो । सरकारले सेवा क्षेत्रको विस्तार हुँदा मुलुकको आर्थिक क्षेत्रको संरचनामा नै परिवर्तन हुँदै गएको पनि स्पष्ट पारेको छ । अर्थमन्त्री महराले चालू आर्थिक वर्षको ८ महिनामा कूल बजेटको ४ खरव १६ करोड बजेट खर्च भएको पनि जानकारी दिए । सोमबार अपरान्ह ४ बजे बोलाइएको संसद बैठकमा सरकारले बजेट पेश गर्नेछ । बजेट अघि सरकारको नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षण पेश गर्ने संवैधानिक व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप