आर्थिक सर्वेक्षणः २३ संस्थान नाफामा र १२ नोक्सानीमा
काठमाडौँ, १४ जेठ । अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका–संसद्को आजको बैठकमा आव २०७४÷७५ को आर्थिक सर्वेक्षण, आव २०७३/७४ को मन्त्रालयगत प्रगति विवरण र सार्वजनिक संस्थान वार्षिक समीक्षा पेस गरेका छन् छ ।
सर्वेक्षणमा आव २०७३/७४ मा आर्थिक वृद्धि उत्साहजनक रहेको उल्लेख छ । त्यस्तै अनुकूल मौसम, सरकारको पुँजीगत खर्चमा वृद्धि, ऊर्जा व्यवस्थापन र लगानीको वातावरणमा सुधार भएकाले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ६.९४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।
त्यस्तै मन्त्रालयगत प्रगति विवरणमा चालु आव २०७३/७४ को चैत मसान्तसम्मको विनियोजित बजेट एवम् खर्चको विवरण तथा २०७३ फागुन मसान्तसम्म सम्पादन भएका महत्वपूर्ण कार्य र बजेट वक्तव्यमा उल्लिखित नीति तथा कार्यक्रमको प्रगति समीक्षा प्रस्तुत गरिएको छ । संस्थानको वार्षिक समीक्षासम्बन्धी विवरणमा आव २०७२/७३ मा सञ्चालनमा रहेका ३५ संस्थानमध्ये २३ नाफामा र १२ नोक्सानीमा रहेको उल्लेख छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण