यस्ता छन् समृद्ध नगर बनाउने भक्तपुर र मध्यपुरथिमिका नगरप्रमुखको योजना
भक्तपुर, १४ जेठ । भक्तपुर र मध्यपुरथिमि नगरपालिकाका दुई नवनिर्वाचित नगरप्रमुखले यहाँका नगरलाई समृद्ध बनाउने घोषणा गर्नुभएको छ ।
रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा भक्तपुरका नगर प्रमुख सुनिल प्रजापतिले आगामी पाँच वर्षभित्र भक्तपुर नगरलाई सफा, सुन्दर र स्वच्छ नगर बनाइने बताउँदै यहाँको खानेपानी र सरसफाइको समस्यालाई पहिलो चरणमा समाधान गर्ने काम सुरु भइसकेको जानकारी दिए ।
खानेपानीको मुहानका रुपमा रहेको नगरकोटस्थित मुहान पोखरीको अवलोकन एवम् ढल व्यवस्थित गर्न हनुमन्ते खोलाको अनुगमन गरिएको बताउँदै उहाँले सरोकार भएका निकायका कर्मचारीसँग छलफल गरेर काम अगाडि बढाइसकिएको बताए । हनुमन्ते खोला सफाइ गर्न हनुमानघाट र सल्लाघारीमा रहेका दुई पोखरीलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याई ढललाई पोखरीमा राखेर सफा पानी मात्रै खोलामा पठाइने गरी व्यवस्थापन गर्न लागिएको बताए ।
भूकम्पले भत्काएको संरचना पुनःनिर्माणका लागि नगरपालिकाका उपप्रमुख रजनी जोशीलाई जिम्मेवारी दिइसकिएको छ । उनका अनुसार पुरातत्व विभाग र सरोकार भएकाहरुसँग छलफल गरी पुनः निर्माणलाई तीव्र गति दिइने छ । भक्तपुर नगरमा जन्मेका नागरिकले शिशुस्याहारदेखि स्नातकोत्तर तहसम्म अध्ययन गर्न अन्यत्र जानु नपर्ने गरी शिक्षाको व्यवस्थापन गरिने छ । उनले नगरपालिकाले विश्वविद्यालय सञ्चालनका लागि सम्बन्धन पाएमा मेडिकल कलेजसमेत सञ्चालन गरेर अन्य कलेजभन्दा ५० प्रतिशत कम शुल्क लिइने बताए।
त्यसैगरी भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रलाई २५ श्ययाको अस्पतालका रुपमा विकास गरिने र भक्तपुरमा रहेका भक्तपुर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्रलगायतलाई व्यवस्थित गरी सबै उपचार भक्तपुरमै हुने व्यवस्था गरिने उनको भनाइ थियो । उनका अनुसार सरकारी कार्यालय वा कुनै पनि निकायले नगरपालिकासँग स्वीकृति नलिई निर्माण गरेका संरचना भत्काइने र स्वीकृत नलिई निर्माण गर्न दिइने छैन ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरलाई शैक्षिक केन्द्र बनाइने बताए । उनका अनुसार मध्यपुरका सरकारी र निजी विद्यालयसँग समन्वय गरेर यहाँका सरकारी विद्यालयको गुणस्तर वृद्धि गर्ने कार्यक्रम अगाडि सारिने छ । उनले नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री अस्पतालको नाम परिवर्तन गरिने बताउँदै भने, “मध्यपुर अस्पताललाई प्रविधि र जनशक्तिबाट पूर्ण बनाइने, चिकित्सकको टोलीलाई उपचारको जिम्मा दिइने र भक्तपुरका अन्य अस्पताल तथा पूर्वका अस्पतालबाट रिफर भएका बिरामी यस अस्पतालमा ल्याएर सफल उपचार गर्ने गरी व्यवस्थापन गर्ने तयारीका साथ अगाडि बढेका छौँ ।”
उनले नगरपालिकाले आफ्नै कलेजदेखि मेडिकल कलेज र नर्सिङ कलेजसम्म सञ्चालन गर्ने बताए । नगरलाई सफा राख्न सफाइ कर्मचारीको व्यवस्थापन गरिने, तरकारी उत्पादनको मुख्य क्षेत्र बनाइने र तरकारीको बजार व्यवस्थापन गरिने उनको योजना छ । हनुमन्ते र मनोहरा खोलामा करिडोरका विकास गरिने, नगरभित्र आन्तरिक चक्रपथको निर्माण गरिने, कला, संस्कृति र नाचको संरक्षण गर्न कोष बनाउने गरी कार्य थालिएको जानकारी पनि दिए । “जनताको काम बढीमा तीन दिनभित्र सम्पन्न गर्ने गरी जनताले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्नेछु” नगरप्रमुख श्रेष्ठले भने । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण