शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

वीर अस्पतालका एचएलाई डाक्टर बनाइदिन्छु भन्दै ठग्ने प्रहरी फन्दामा

आइतबार, १४ जेठ २०७४, १५ : ४५
आइतबार, १४ जेठ २०७४
काठमाडौं, जेठ १४– वीर अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट(एचए) हरुलाई डाक्टर बनाईदिन्छु भन्दै रकम असुल्ने नुवाकोटका सरोज केसी पक्राउ परेका छन् । आईतबार केन्द्रिय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले केसीलाई काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको हो । ‘डाक्टर बनाईदिन्छु’ भन्दै सरकारी छाप तथा दस्तखत समेत किर्ते अभियोगमा जिल्ला अदालत काठमाडौंले २०७२ जेठमा केसीलाई १ बर्ष ४ महिना कैद सजाय सहित ७ लाख जरिवाना गर्ने फैसला गरेको थियो । फैसला कार्यान्वयको सिलसिलामा उनलाई नियन्त्रणमा लिईएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप