‘बिहिबारभित्र मेरो भविष्यको छिनोफानो’
लण्डन, जेठ १४ – आर्सनलका प्रशिक्षक आर्सनजृंगरले बिहिबारभित्र आफ्नो भविष्य स्पष्ट हुने बताएका छन् । टोलीलाई किर्तिमानी एफए कपको उपाधि दिलाएपछि उनले सो कुरा बताएका हुन् ।
चेल्सीलाई २–१ ले पराजित गर्दै फ्रेन्च प्रशिक्षक एफए कपको उपाधि सातौँ पटक उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका हुन् ।
६७ वर्षीय प्रशिक्षकको यही वर्ष करारअवधि समाप्त हुँदैछ । उनी क्लबमा नै बस्ने वा नबस्ने भन्ने विषयमा ठूलो बहस हुँदै आएको छ ।
‘मैले आजको रातको मेडल आफूसँग राखेको छु किनभने यो निकै महत्वपूर्ण छ,’ उनले भने, ‘बाँकीको लागि हेर्दै जाऔँ ।’
वेंगरले आफूलाई के गर्ने थाहा भएको बताउँदै भने, ‘आजलाई जीतको खुसियाली मनाऔँ, भविष्यको चिन्ता नलिऔँ ।’
‘मंगलबार र बुधबार वा बिहिबार हाम्रो बोर्ड बैठक रहेको छ । त्यसपछि सबै कुरा प्रस्ट हुनेछ,’ उनले भने ।
आर्सनलले वेंगरको नेतृत्वमा किर्तिमानी १३ औँ पटक जितेपनि लिगमा पाँचौ स्थानमा सिमित बनेपछि २० वर्षपछि पहिलोपटक च्याम्पियन्स लिग खेल्नबाट बञ्चित बनेको छ । जसले गर्दा उनले समर्थकहरुबाट नै आलोचनाको शिकार बनेका छन् । धेरैले उनले अब क्लब छाड्नुपर्ने माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण