एमपीले नचाए रुकमान र नीशा
आइतबार, १४ जेठ २०७४, १६ : ०७
काठमाडौं, जेठ १४ – पछिल्लो समय लगतार भिडियो निर्देशनमा देखिन थालेका पत्रकार एमपि सुब्बाले शनिबार अर्काे एक भिडियो पनि सकाएका छन् ।
गायक राजेशपायल राई र गायिका ममता राईको गीत ‘ फूलै राखी हातैमा विन्ति बिसौकि’ बोलको गीत माथी उनले भिडियो बनाएका हुन् ।
रामकोटको माथिल्लो भागमा छायाँकन गरिएको गीतको भिडियोमा मोडल रुकमान लिम्बू र अभिनेत्री नीशा लिम्बू पोमुले अभिनय गरे । सिमसिमे पानी र हुस्सुको साथमा भिडियो छायाँकन गरिएको छ ।
शिवसंगम राईको शब्द संगीत रहेको ‘फूलै राखी हातैमा विन्ति बिसौकि’ गीतको भिडियो राम्रो बनेको निर्देशक सुब्बाले बताए । उनले भने ‘यो पुर्वेली कलासँग जोडिएको गीतमा रुकमान र निशाको जोडी एकदमै सुहाएको छ ।’
भिडियोलाई फोटो पत्रकार नविनबाबु गुरुङले छायांकन गरेका छन् । यो ममताको दोस्रो एल्बम ‘ममता–२’ मा समावेश छ । ‘ममता–२’आउँदो शनिबार रिलिज गर्ने तयारीमा गायिका जुटेकी छन् । एल्बमसँगै ‘फूलै राखी हातैमा विन्ति बिसौकि’ भिडियो पनि रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण