शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सोमबार रु १२ खर्बभन्दा बढीको बजेट आउँदै

आइतबार, १४ जेठ २०७४, १९ : ५२
आइतबार, १४ जेठ २०७४
काठमाडौँ, जेठ १४ – सरकारले आगामी आर्थिक वर्षको राजस्व र व्ययको विवरण(बजेट) व्यवस्थापिका–संसद्मा सोमबार अपराह्न चार बजे प्रस्तुत गर्दैछ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदन समक्ष रु १२ खर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले रु ११ खर्ब ५६ अर्बको बजेट सीमा तोकेको थियो । नेपालको संविधान जारी भएपछिको यो दोस्रो बजेट हो । बजेटले संविधान कार्यान्वयन, निर्वाचन, ऊर्जा, पूर्वाधार, कृषि विकास, शिक्षा, स्वास्थ्य, गरिबी निवारणलगायत विषयलाई उच्च प्राथमिकतमा राखेर बजेट पेस गर्नेछ । गत वर्षको तुलनामा यो वर्ष स्थानीय तहमा अधिक रकम विनियोजन गरेर बजेट बनाइएको अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा डा पुण्यप्रसाद रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप