शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

१० दिनको लागि सर्‍यो दोस्रो चरणको चुनाव

सोमबार, १५ जेठ २०७४, २० : ५५
सोमबार, १५ जेठ २०७४

काठमाडौ, जेठ १५– सरकारले जेठ ३१ को निर्वाचन असार ९ गतेलाई सार्ने  अाैपचारिक निर्णय  गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले राजपा लगायतका दलहरुलाई निर्वाचनमा सहभागि गराउन समय अभाव भएको भन्दै पूर्व निर्धारित मिति परिमार्जन गर्ने निर्णय गरेको हो ।

पहिलो चरणको निर्वाचनमा भाग नलिएका राजनीतिक दलहरुको सहभागिता सुनिश्चित गर्न पनि दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार ९ गते सार्ने निर्णय लिनु परेको सरकार प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

सरकारले जेठ ३१ गते मुस्लिम समुदायको मुख्य पर्व रमजान परेकाले पनि स्थानीय तहको दोस्रो चरणको निर्वाचन १० दिन पछि पार्नु परेको पनि स्पष्ट पारेको छ ।

आइतबार साँझ   भएको राजपासहितको प्रमुख दलको बैठकमा चुनाव सार्ने विषयमा समझदारी भएको थियो ।

सरकारले यसअघि नै दोस्रो चरणको स्थानीय तहको निर्वाचन केही समयपछि सार्न सकिने धारणा राख्दै आएको थियो । दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ प्रदेशमा सम्पन्न हुँदैछ । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन बैशाख ३१ गते सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप