यस्ता छन् बजेटका अंक र विशेषता
सोमबार, १५ जेठ २०७४, १८ : ४०
काठमाडौँ, १५ जेठ -सरकारले आगामी आर्थिक वर्षका लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारका राजस्व र व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गरेको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४-७५ का लागि उक्त रकमको बजेट प्रस्तुत गरेका हुन् ।
विनियोजित रकममध्ये रु आठ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार चालुतर्फ र रु तीन खर्ब ३५ अर्ब १५ करोड ५९ लाख ७० हजार पुँजीगततर्फ छुट्याइएको छ ।
नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते नै बजेट पेस गर्नुपर्ने व्यवस्थानुसार उनले संसद्मा आज आगामी आवको बजेट प्रस्तुत गरेका हुन् ।
यसअघि राष्ट्रिय योजना आयोगका अध्यक्ष एवम् प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले आगामी आवको आयव्यय विवरण ९बजेट० पारित गरेको थियो ।
आयोगले पारित गरेको बजेट मन्त्रिपरिषद्को आजैको बैठकले अनुमोदन गरेको थियो ।
गाउँपालिकालाई १० देखि ३९ करोडसम्म बजेट, नगरपालिका र महानगरपालिकालाई कति ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण