वैज्ञानिकले तयार गरे बिजुली पैदा गर्ने लुगा
टाइम्स न्यूज नेटवर्क
न्यूयोर्क, जेठ १५ – अमेरिकाको एक विश्वविद्यालयका वैज्ञानिकले मेटल फ्रि इलेक्ट्रोडको प्रयोग गरेर एउटा यस्तो कपडा तयार गरेका छन् जसमा ऊर्जा पैदा भई साना उपकरण चलाउन सकिन्छ । यी कपडा हल्का र आरामदायी हुने पनि बताइएको छ ।
‘एड्भान्स फंक्शनल मटिरियल’ जर्नलमा छापिएको एक अनुसन्धान अनुसार यी कपडालाई वेपर डिपोजिशन मेथड र कन्डक्टिङ पोलिमरको मद्दतले बनाइएको छ जसका कारण यो कपडा धुँदा, माड्दा, आइरन लगाउँदा, पसिना र अन्य कुराहरुबाट सुरक्षित छन् । यसको मोटाई लगभग ५ सय न्यानोमिटर हुनेछ ।
युनिभर्सिटी अफ म्यासाचुसेट्सकी तृषा एन्ड्रयूले भनिन्, ‘हाम्रो लेखमा त्यो पदार्थबारे लेखिएको छ जसलाई आजको विज्ञानको आवश्यकता छ । हामीले उक्त कपडा धुँदा, माड्दा, पसिना र अन्य कुराबाट सुरक्षित भएको पनि देखायौं । कोटिङपश्चात् पनि यो कपडा छुँदा केही थाहा हुँदैन । दुई कंडक्टिंग इलेक्ट्रोडको बिचमा भिन्न पदार्थको राखेर घर्षण र गतिका कारण केही वाट बिजुली पैदा हुनसक्छ । यो कपडा लगाउनेको शरिरमा गतिका कारण ऊर्जा पैदा हुन्छ जसलाई बिजुलीमा परिवर्तन गर्न सकिन्छ । यस्तो प्रकारको लुगा स्वास्थ्य र प्राविधिक हिसाबले सेनाको जवान र हेल्थकेयर इन्डष्ट्रिका लागि निकै महत्वपूर्ण छ । ’
एन्ड्रयू थप्छिन्, ‘यसका लागि हामीले ग्राहकलाई सम्झाइराख्नु पर्दैन । यो लञ्च हुनेबित्तिकै ग्राहकहरु यसका लागि झुम्मिनेछन् ।’
शोधकर्ताहरुको भनाई अनुसार यो खोजले बिजुली बनाउने साधन वा उपकरणलाई लगाउन नमिल्ने पुरानो अवधारणालाई खारेज गरिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण