निर्वाचन आयोगले गठन गरेको छानविन टोलीले काम सुरु गर्यो
सोमबार, १५ जेठ २०७४, १९ : ४२
सुरेशचन्द्र अधिकारी
चितवन जेठ १५ – भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा गए राति मतपत्र च्यातिएको विषयमा निर्वाचन आयोगले आज गठन गरेको छानविन टोलीले जिल्लामा आएर काम सुरु गरेको छ । आयोगले सहन्यायधिवक्ता गिता प्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायव महानिरिक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानविन टोलि गठन गरेको थियो ।
टोलिका संयोजक तिम्सिनाका अनुसार आज यहाँ आईपुगे संगै निर्वाचन आयोगमा वस्तुस्थितिको वारेमा जानकारी लिईएको छ । टोलिले आजै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणना स्थलमा खटिएका शशस्त्र प्रहरीको टोलि प्रमुख लगाएत गणनामा सहभागि कर्मचारीहरु संग समेत छलफल गरेको छ ।
घटनाको वास्तविक अवस्थाको वारेमा मंगलवार राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधि संग समेत वस्तुस्थितिका वारेमा जानकारी लिने उहाँले बताउनु भयो । मतगणना स्थलको स्थलगत निरिक्षण पश्चात टोलिले वुधवार निर्वाचन आयोगमा प्रतिवेदन वुझाउदै छ । तिम्सिनाले भन्नु भयो हामीलाई आयोगले वुधवार सम्म प्रतिवेदन पेश गर्न निर्देश गरेकाले निर्धारीत मिति भित्र हामी प्रतिवेदन वुझाउछौ । आयोगले स्थानिय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा तीन वमोजिम छानविन टोलि गठन गरेको जनाएको छ ।
गएराति ११ः४४ वजेको समयमा मतगणना हुदै गर्दा दलका प्रतिनिधिहरुले मतपत्र च्यातेका थिए । सो क्रममा प्रहरीले माओवादी केन्द्रका दुई जनालाई नियन्त्रणमा लिएको छ । मतपत्र माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको नेकपा एमालेको दावि छ भने माओवादी केन्द्रले एमालेका प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि रोक्ने क्रममा मतपत्र च्यातिएको विज्ञप्ति मार्फत जनाएको छ । माओवादी केन्द्र र नेपाली काँग्रेसले मतपत्र च्यातिएको भरतपुर महानगरपालिकाको वडा नम्वर १९ को मतदान पुनः गर्नु पर्ने माग गरेका छन् भने नेकपा एमालेले च्यातिएको मत पत्र वदर गरि वाँकि मत पत्र गणना गर्नु पर्ने जनाएको छ । मतपत्र च्यातिए पछि स्थिति तनावग्रस्त वने संगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले मत गणना स्थल कवडहलमा सिल गरेर वाहिर प्रहरीले सुरक्षा दिई रहेको छ ।
दलका प्रतिनिधिहरुले गेटमा वसेर मतपत्रको सुरक्षा दिई रहेका छन् । भरतपुर महानगरपालिकाको वडा नम्वर १९ को मत गणना अन्तिम चरणमा पुग्न लाग्दा मतपत्र च्यातिएको हो । अव वडा नम्वर २० को मात्र मतगणना वाँकि रहेको छ । महानगरपालिकामा प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार देवि ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भन्दा ७ सय ३३ मतले अगाडि रहनु भएको छ । महानगरमा एक लाख १२ हजार ७ सय ४१ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण