शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कलाक्षेत्रमा पहिचान बनाउँदै मोडेल अशोक आर्यन यादव

सोमबार, १५ जेठ २०७४, २० : २०
सोमबार, १५ जेठ २०७४
सौरव यादब काठमाडौं, जेठ १५ – कला क्षेत्रमा पहिचान बनाउँदै आएका कलाकारहरु मध्ये एक हुन मोडल अशोक आर्यन यादब । उनी कामको सिलसिलामा बिरगंज बस्नुको साथै मोडलिङ, तथा विभिन्न फेसन शोहरुमा ३ बर्ष देखि आफूलाई प्रस्तुत गर्दै अहिले म्युजिक भिडियोमा पनि अघि सरेका छन् । अध्ययन र चिकित्सा पेसा सङै मोडेलिङलाई निरन्तरता दिदै ग्लयामर छेत्रमा पनि आफ्नो पहिचान बनाउन उनी सफल देखिन्छन् । हा ल सम्म उनले दुई म्युजिक भिडियो युटुब मार्फत दर्शकसामु आइसकेका छन् भने केही पाइपलाइनमा छन् । पहिलो भिडियो हिन्दी तेरे मेरे दर्मियानूबाट आफ्नो अभिनयको छाप छोडन सफल भएका थिए भने, संगित भारतका लारेब बाबलाले दिएका थिए। भर्खरै सर्बजनिक भएको उनको अर्को नेपाली म्युजिक भिडियोू एक मिशाल जस्मा स्वर र सङित अनुप तिवारी र सुरभि मिश्राको रहेको छ भने, निर्देशन रन्धिर श्रेष्ठले गरेका छ्न। उक्त भिडियोले युवाहरु माझ निकै चर्चा पाइरहेको छ। बाल्यकाल देखिनै नृत्य र अभिनयमा रुचि राख्ने अशोक आर्यन, आफ्नो पढाईलाई निरन्तरता दिदै काठमाडौं टिचिङ हस्पिटलमा अध्ययनसँगै मोडेलिङको सुरुवात गरेका थिए । बिभिन्न फेशन शोहरुमा आफ्नो प्रतिभा देखाउदै रयाम्पवाकमा चिनीन थालेका हुन्। पढाई पुरा गरेर नेशनल मेडिकल कलेज,बिरगंजमा वाक तथा श्रवण रोग विशेषज्ञका रूपमा जागिर गर्न थाले र ग्ल्यामर छेत्रमा पनि समय मिलाइ अघि आइरहे । उनको आउन लागेका म्युजिक भिडियो ‘तेरे इश्क मे एक्दम राम्रो र दर्शकले निकै मन पराउने दावी गर्छन । आफ्नो मातृभाषा मैथलीमा राम्रो गीत र अवसर पाए काम गर्ने बताउँछ्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप