शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘बजेटमा बेइमानी गरियो’ – एमाले अध्यक्ष ओली

सोमबार, १५ जेठ २०७४, २० : ३७
सोमबार, १५ जेठ २०७४
काठमाडौं, जेठ १५ – प्रमुख प्रतिपक्ष नेकपा एमालेले सरकारको बजेटमा सानो चित्त र बेईमानी मिसिएको टिप्पणी गरेको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट सानो चित्त र बेइमानी मिसिएर आएको प्रतिक्रिया दिएका हुन् । उनले बजेट पछाडि परेका समुदायलाई भन्दा आफ्ना कार्यकर्तालाई भरण पोषण हुनेगरी आएको दावी समेत गरे । अध्यक्ष ओलीले स्थानीय तहमा गरिएको बजेट विनियोजन भने ठिकै भएको उल्लेख पनि गरे । सरकारले नयाँ कार्यक्रम समावेश नगरी बजेट ल्याउने सहमति विपक्ष एमालेसँग गरेको थियो । सोही अनुसार आएको बजेटमा विश्लेषण गरिरहन नपर्ने ओलीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप