शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विपद् व्यवस्थापन सङ्घीयस्वरुप अनुसार

सोमबार, १५ जेठ २०७४, २० : ४५
सोमबार, १५ जेठ २०७४
काठमाडौँ, जेठ १५ – सरकारले विपद् व्यवस्थापन कार्यलाई सङ्घीयस्वरुप अनुसार अघि बढाउने भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५ को बजेट प्रस्तुत गर्दै विपद् पूर्व, विपद्को समय र विपद्पश्चात कार्यका लागि संस्थागत तथा जनशक्तिको क्षमता अभिवृद्धि गरिने बताए। प्रत्येक स्थानीय तहमा ठूला विपद्को समयमा ठूलो सङ्ख्यामा व्यक्तिहरुलाई व्यवस्थापन गर्न सकिने खुला स्थानहरुको व्यवस्थापन गरिने उल्लेख गर्दै उनले कारागारको भौतिक पूर्वाधार निर्माण, पुनःनिर्माण तथा सुधार गरी कैदीबन्दीको जीवनयापन मानवोचित बनाउँदै लैजाने र अध्यागमन रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गरिने बताए । अर्थमन्त्री महराले प्रस्तुत गरिएको बजेट वक्तव्यमा भनिएको छ – ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको क्षमता अभिवृद्धि, आधुनिकीकरण र व्यावसायिकीकरण गरिने छ ।’ यसैगरी नेपाली सेनालाई साधन स्रोत सम्पन्न र सक्षम बनाउँदै राष्ट्रिय सुरक्षा, विपद् व्यवस्थापन र विकास निर्माण कार्यमा प्रभावकारी रुपमा परिचालन गरिने नीति बजेटले लिएको छ । युवा शक्तिलाई अनुशासित र राष्ट्रप्रति जिम्मेवार नागरिकको रुपमा राष्ट्र निर्माणमा सहभागी गराउन राष्ट्रिय सेवा दलको कार्यक्रमलाई निरन्तरता दिइने नीति पनि बजेटले लिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप