शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चाँगुनारायण ८ नम्बर वडामा एमालेको प्यानल बिजयी : प्रमुख, उपप्रमुखमा पनि एमालेको अग्रता

मङ्गलबार, १६ जेठ २०७४, ०७ : २५
मङ्गलबार, १६ जेठ २०७४
-हेमराज ढकाल  जेठ १६, भक्तपुर - भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार परासर सापकोटा बिजयी भएका छन् । सापकोटाले १ हजार १ सय ९६ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी राप्रपाका कुबेर खत्रीले ९ सय ३३ मत ल्याएका छन । वडा अध्यक्ष सहित उक्त वडामा एमालेको प्यानल नै बिजयी भएका हो । उक्त वडामा एमालेका उम्मेदवार सदस्यमा नरेन्द्र बहादुर श्रेष्ठ, सत्यराम सतेजु, महिला सदस्यमा कष्णा प्यारी थापा कार्की र दलित महिला सदस्यमा भगवती परियार निर्वाचित भएका छन् । चाँगुनारायण नगरपालीकाको १ देखि ८ नंं. वडासम्मको मतपरिणाम आउँदा एमालेका नगर प्रमुखका उम्मेदरवार सोम प्रसाद मिश्र ७ हजार ४ सय ६६ र एमालेकी नगर उपप्रमुख विणा बास्तोला ७ हजार ८ सय ३६ मत सहित अगाडि छन् । नेपाली कांग्रेसका नगरप्रमुखका उम्मेदवार राजाराम खड्काले ६ हजार ३ सय ९७ र उपप्रमुख सरु बानियाँले ६ हजार ९ सय ९५ मत प्राप्त गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप