मापसे गरी सवारी चलाउने ६ जना भारतीय पक्राउ
मङ्गलबार, १६ जेठ २०७४, ०८ : ०७
-मनोज भुजेल
जेठ १६, इटहरी - इटहरीबाट बिना नम्बर प्लेटको सबारी साधन सहित ६ जना भारतीय नागरिक पक्राउ परेका छन ।
सप्तरीको भारदहबाट नम्बरप्लेट नभएको कार (तिब्र गतिमा) इटहरी आउदै गर्दा इलाका प्रहरी कार्यालय इटहरीले गएराति सवारी साधन सहित उनीहरुलाई पक्राउ गरेको हो ।
रातोपाटी संवाददाताका अनुसार:
-सुनसरीको भन्टाबारीमा प्रहरीले कार रोक्न आग्रह गर्यो ।
-प्रहरी देखेपछि उनीहरु भाग्ने प्रयास गरे ।
-संकास्पद व्यक्ति ठानेर प्रहरीले सुनसरीका बिभिन्न राजमार्गमा प्रहरी परिचालन गर्यो । र पक्राउ गर्न सफल भयो ।
-पक्राउ परेका भारतीय नागरिकले मादक पदार्थ सेवन गरेको पुष्टि भयो ।
-मापसे गरी तथा बिना नम्बरप्लेटको सबारी चलाएको आरोपमा पक्राउ गरिएको इटहरीका डिएसपी नरेश सुवेदीले बताए ।
-पक्राउ परेकाहरु सबै भारतीय रहेको र उनिहरु अन्य कुनै संकास्पद गतिविधिमा भने संलग्न नरहेको सुवेदीले दाबी गरे ।
-उक्त सवारी साधन समेत प्रहरीको नियन्त्रणमा छ ।
-उनहिरुको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण