शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दाङमा पाँचजना पत्रकार चुनावमा

मङ्गलबार, १६ जेठ २०७४, ०८ : २२
मङ्गलबार, १६ जेठ २०७४
दाङ, १६ जेठ - दोस्रो चरणमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि दाङको तुलसीपुर क्षेत्रमा क्रियाशील पाँचजना पत्रकार चुनावी प्रतिपर्धामा उत्रिएका छन् । नेपाली काँग्रेसबाट तीनजना र नेकपा एमालेबाट दुईजना गरी पाँचजना पत्रकार आगामी निर्वाचनका लागि उम्मेदवार बन्ने भएका हुन् । रेडियो सञ्जिवनीमा कार्यरत सुवास डिसीलाई नेपाली काँग्रेसले तुलसीपुर उपमहानगरपालिका–११ बाट वडा सदस्य, रेडियो तुलसीपुरमा कार्यरत प्रकाश डाँगीलाई दंगीशरण गाउँपालिका–२ को सदस्यमा काँग्रेसले उम्मेदवार बनाउने भएको छ । त्यसैगरी, तुलसीपुर उपमहानगरपालिका–५ को वडा सदस्यमा काँग्रेसले सुरेश श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । श्रेष्ठ न्यूज २४ टिभीका जिल्ला संवाददाता हुन् । त्यसैगरी, एमालेले भीमकान्त बस्याललाई तुलसीपुर उपमहानगरपालिका–९ को वडाध्यक्ष पदमा उम्मेदवार बनाउने भएको छ । उनी यसअघि रेडियो प्रकृति एफएममा कार्यरत थिए । यस्तै, एमालेले रेडियो प्रकृतिमै कार्यरत दुजमान भण्डारीलाई तुलसीपुर उपमहानगरपालिका–६ बाट वडा सदस्य पदको उम्मेदवार बनाउने भएको छ । राजनीतिक दलले उम्मेदवार बनाएका सबैजना आआफ्नो प्रचार प्रसारमा व्यस्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप