'माओवादी एजेन्डामा मुलुक अघि बढ्दै'
मङ्गलबार, १६ जेठ २०७४, ०९ : १४
कञ्चनपुर, १६ जेठ - नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री लेखराज भट्टले माओवादी एजेन्डामा मुलुक अघि बढिरहेको बताएका छन् ।
सोमबार साँझ कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा नेकपा माओवादी केन्द्र कञ्चनपुरद्वारा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता भट्टले अहिले मुलुक माओवादीकै एजेन्डामा प्रवेश गरेको तर्क गरे।
माओवादीले जनयुद्धका बेला अघि सारेका एजेन्डा कार्यान्वयन भइरहेको नेता भट्टले बताए । नयाँ संविधान, धर्मनिरपेक्षता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, आर्थिक सामाजिक रुपान्तरण माओवादीकै एजेन्डा भएकाले अहिले स्थानीय तहको निर्वाचनमार्फत कार्यान्वयन भइरहेको नेता भट्टले उल्लेख गरे।
सफलरुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै उनले मधेस केन्द्रित दललाई समेत दोस्रो चरणमा हुने निर्वाचनमा सहभागी गराएर सबै समूहलाई संविधानको सर्वस्वीकार्यता गराउनुपर्नेमा जोड दिए ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण