शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

माओवादीको उम्मेदवारी घोषणा धमाधम

मङ्गलबार, १६ जेठ २०७४, ०९ : १६
मङ्गलबार, १६ जेठ २०७४
झापा, १६ जेठ - नेकपा माओवादी केन्द्रले झापाका स्थानीय तहमा उम्मेदवारी घोषणा धमाधम गरिरहेको छ । पार्टीले आसन्न चुनावलाई लक्षित गरेर औपचारिक कार्यक्रममार्फत उम्मेदवार चिनाउन थालेको हो । यसैक्रममा पार्टीले झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षसहित सबै वडामा उम्मेदवार तय गरी घोषणा गरेको छ । सो गाउँपालिकाको अध्यक्षमा खड्गबहादुर तिम्सिना र उपाध्यक्षमा अस्मितकला लिम्बूसहितका उम्मेदवार सार्वजनिक गरिएको हो । पार्टीले वडा नं १ को वडा अध्यक्षमा पूर्णप्रसाद सञ्जेल, वडा नं २ मा दिवामाया अधिकारी, ३ मा डिल्लीराम श्रेष्ठ, ४ मा नारायण ढुङ्गाना, ५ मा विक्रम सालिङ, ६ मा प्रदीप खतिवडा र ७ मा मात्रिका पौडेललाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य धर्मशीला चापागाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उम्मेदवारी घोषणासँगै पार्टीले बुद्धशान्तिलाई देशकै नमुना गाउँ बनाउने ३२ बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप