शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कपिलवस्तुमा मतदाता शिक्षा झारा टार्ने काम मात्र

मङ्गलबार, १६ जेठ २०७४, ०९ : ४५
मङ्गलबार, १६ जेठ २०७४
-चुरामणि अर्याल जेठ १६, कपिलवस्तु - कपिलवस्तु जिल्लामा मतदाता शिक्षाका लागि खटिएका स्वयमसेवकहरुले झारा टार्ने काम मात्र गरेको राजनीतिक दलहरुले आरोप लगाएका छन । मतदाताको घरदैलोमा गएर सिकाउनु पर्नेमा स्वयमसेवकहरु घरमा पोस्टर टाँसेर वा छोडेर मात्र फर्कने गरेको उनीहरुले बताएका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुद्धारा स्थानीयत तह निर्वाचनको बिषयमा आयोजित सर्वदलीय र सर्वपक्षीय बैठकमा वोल्ले वक्ताहरुले यस्तो आरोप लगाएका हुन् । क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद बलराम अधिकारीले मतदाता शिक्षा औपचारिकतामा मात्र सिमीत भएको र आफनो क्षेत्रमा स्वयमेवकले सहीढंगले कार्य नगरेको आरोप लगाए । ‘मतदाता शिक्षकहरु घरदैलोसम्म अझै पुगेका छैनन्, गाउँमा एक दुई जनालाई पोस्टर देखाएर फर्किने गरेका छन’ उनले भने । त्यस्तै नेपाली कांग्रेसका नेता सुधारकर पाण्डेयले मतदाता शिक्षकहरुले पूर्ण जिम्मेवारीपूर्वक काम नगरको बताए । उनले गाउँका एक दुई घर र चोकमा मात्र मतदाता शिक्षकहरु पुगेर फर्किने गरेकोले अझै जनताहरुले मतदानका बिषमया सही जानकारी नपाएको गुनासो गरे । -जिल्लाका ३ सय ७ केन्द्र मध्ये ३ सय ५ केन्द्रमा एक जनाका दरले मतदाता स्वयमसेपक परिचालित भएका छन । -उनीहरुले यही जेठ ५ गतेबाट काम थालेका हुन् । -नियमअनुसार प्रत्येक मतदाता शिक्षक घरदैलोमा पुगेर मतपत्र, मतदानका बिषमया जानकारी गराउनु पर्नेछ । -प्रत्येक शिक्षक कम्तीमा एक हजार मतदाताको घरमा पुग्नु पर्ने गरी खटाईएको निर्वाचन कार्यालयका प्रमुख ज्ञानहरि घिमिरेले बताए । -जिल्लामा ६ नगरपालिका र ४ गाउँपालिकामा जम्मा २ लाख ६ हजार ५ सय ४८ मतदाता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप