शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जथाभावी बाटो काट्ने पैदलयात्रुमाथि कारवाही आजदेखि शुरु

मङ्गलबार, १६ जेठ २०७४, ०९ : २०
मङ्गलबार, १६ जेठ २०७४

ललितपुर, चैत १६ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा जथाभावी बाटो काट्ने पैदलयात्रुमाथि मंगलबारबाट कारवाही शुरु गरेको छ ।

जथाभावी बाटो काट्ने र फुटपाथमा नहिँड्ने पैदलयात्रुका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले यो अभियान शुरु गरेको हो ।

डिआइजी मिङ्मार लामाका अनुसार ट्राफिक प्रहरीले यसबारेमा डेढ महिना लामो जनचेतना अभियान चलाएपछि कारवाहीको प्रक्रिया अघि बढाएको हो ।

मंगलबार बिहानदेखि उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले निगरानी गर्नका साथै कारवाही अघि बढाएको छ ।

ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुका अनुसार करिब १ घण्टाको अवधिमा मात्र दुई दर्जनभन्दा पैदलयात्रु कारवाहीमा परिसकेको जानकारी दिएका छन् ।

जेब्राक्रस छाडेर जथाभावी बाटो काटेको पाइएमा २ सय रुपैयाँसम्म जरिवाना गरिनेछ भने पैसा नतिरे ३ घण्टा जनचेतनामूलक कक्षा लिनुपर्ने प्रावधान राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप