५९ मिनेटमा तराई पुग्ने फास्ट ट्रयाक यसरी बनाँउदै छ नेपाली सेनाले (भिडियो सहित)
शम्भु दंगाल
बारा, जेठ १६ – नेपाली सेनाले काठमाडौं तराई जोड्ने दु्रतमार्ग फास्ट ट्रयाक निमाणका लागि सरकारले दिएको जिम्मेवारीलाई गौरव एवं चुनौतीको रुपमा लिई तोकिएको समयमा निमार्ण सम्पन्न गर्ने प्रतिवद्धता ब्यक्त गरको छ ।
बाराको निजगढका आइतबार भएको फाष्ट्र ट्रयाक सिल्यान्यासको अवसरमा बोल्दै नेपाली सेनाका बलाध्यक्ष रथी एवं सडक निमार्णका लागि गठन गरिएको निर्देशक समितिका अध्यक्ष समेत रहेका पूर्णचन्द्र थापाले फाष्ट ट्रयाक निमार्ण एउटा महान कार्य भएको बताउँदै प्रत्येक व्यक्ति, समुदाय र नेपाल सरकारको सहयोग बिना सम्भव नहुने बताए ।
फाष्ट ट्रयाक निमार्णका लागि नेपाली सेनाले अधिकार सम्पन्न निर्देशक समिति समेत निमार्ण गरेको छ । अध्यक्ष सहित ७ सदस्य निर्देशक समिति गठन गरेको बलाध्यक्ष उपरथी थापाले जानकारी दिए ।
उनले नेपालको विकास निमार्णका लागि कठिन भौगोलिक चुनौतीहरुलाई छिचोल्दै सरकारको नीति अनुसार विकट क्षेत्रहरुबाट राष्ट्रिय सडकमा जोड्ने सडक तोकिएको समयसीमा भित्र र केही तोकिएको समयसीमाभन्दा अगाडि नै नेपाली सेनाले सम्पन्न गरेको स्मरण गरे ।
उनले २०७० सालमै नेपाली सेनाले फास्ट ट्रयाकको पाइलट प्रोजेक्ट अन्र्तगत ट्रयाक खोलेको जानकारी दिए । उनले विगतमा गरेका विकास निमार्णका कामको अनुभव तथा सीपका प्रयोग गर्नुका साथै कर्तब्यपरायणता र लगनशीलताका साथ फास्ट निमार्ण गर्ने दृढता ब्यक्त गरे ।
गत बैशाख २१ गते मन्त्रीपरिषदको बैठकले द्रुत मार्ग निमाण गर्ने जिम्मा नेपाली सेनालाई दिएसँगै सेनाले बिशेष समारोहका साथ फास्ट ट्रयाक निमार्णको काम अघि बढाएको हो ।
यस्तो हुनेछ फास्ट ट्रयाक
फास्ट ट्रयाक निमार्णको जिम्मा पाएसँगै नेपाली सेनाले डिपिआर प्राप्त गर्न प्रक्रिया शूरु गरेको जनाएको छ । काठमाडौँदेखि बारासम्म कुल सडकलाई १० सेक्टरमा विभाजन गरी एकैसाथ काम थाल्ने नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका इन्जिनियरिङ विभागका उपरथि योगेन्द्रबहादुर खाँडले सडक निमार्ण गर्न डिपिआर प्राप्तिका लागि छलफल भइरहेको बताए । सेनाले आयोजना सम्पादनका लागि उच्च दक्षता र प्रविधी आवश्यक पर्ने भएकोले राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरका परमर्शदाता छनौटका लागि आन्तरिक छलफल शूरु समेत गरेको छ । आयोजनाका कार्यन्वनका लागि आवश्यक पर्ने कार्यसम्पादन संयन्त्र तथा कार्यबिधी बनाउने तयारी समेत थालिएको छ भने अधिकार सम्पन्न निर्देशक समितिको गठन भइ पहिलो बैठक बसी नीतिगत, कानुनी र प्रक्रियागत बिषयमा छलफल गरिएको सेनाले जनाएको छ ।
ललितपुरको खोकनाबाट शुरु भई काठमाडौंको चाल्नाखेलर दक्षिणकाली, मकवानपुरको इपा पञ्चकन्या, गढी, छतिवन, बाराको लालगाँउ रतनपुरी हुँदै पूर्वपश्चिम राजमार्गमा जोडिनेछ ।
द्रुतमार्ग काठमाण्डौं ४ कि.मी, ललितपुर ८ कि.मी., मकवानपुरमा ५६.कि.मि. र बारामा ७.६ कि.मि. हुनेछ । यस्तैसमथर स्थानमा २५ मिटर चौडाई, पहाडी क्षेत्रमा २३ मिटर चौडाई हुनेछ ।
९९ पुल र साढे १ कि.मि.सुरुङमार्ग फास्ट ट्रयाक भित्र उच्च प्रविधिका ९९ वटा पुल र १.५ कि.मि. दुई मुखे सुरु¨ रहनेछ । मकवानपुरको ठि¨न देखि रातमाटेसम्म चौडाई ९.५ मिटर र ५.५ मिटर उचाईको सुरङमार्ग रहने छ । सडकमा ६ वटा प्रवेशद्धार निमार्ण गरिने छ ।
यस्तै यात्रु तथा गाडि सतह क्रसि¨ ३९, आकाशे पुल ६, कल्भर्ट १ सय ६०, टेवा पर्खाल ६१, कटि¨ पर्खाल ६२ वटा रहने नेपाली सेनाले जनाएको छ । अधिकतम स्पिड प्रतिघण्टा १ सय २० किमी प्रतिघण्टाको रहने छ भने काठमाडौबाट बारासम्म ५९ मिनेट समय छुट्टाइएको छ ।
हेर्नुहोस भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण