बिएन्डसी अस्पतालमा ‘ग्यास्ट्रो इन्टेरोलोजी’ सेवा
मङ्गलबार, १६ जेठ २०७४, ०९ : ५१
सुरुङ्गा ९झापा, १६ जेठ - झापाको बिर्तामोडमा रहेको बिएन्डसी हस्पिटलले ‘ग्यास्ट्रो इन्टेरोलोजी’ सेवा सुरु गरेको छ ।
विभिन्न आधुनिक प्रविधि तथा विशेषज्ञ चिकित्सकसहित सेवा प्रदान गर्दै आएको अस्पतालले ग्यास्ट्रो इन्टेरोलोजी सेवा सुरु गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए ।
अस्पतालमा यसै साता ग्यास्ट्रो इन्टेरोलोजिस्ट डा. हरि घिमिरे आएसँगै उक्त सेवा सुरु भएको गिरीले बताए । पूर्वमै पहिलो पटक यो सेवा सुरु गरेको भन्दै डा. घिमिरेले रक्सी धेरै सेवनका कारण कलेजोसम्बन्धी समस्या हुने र उक्त समस्याले गर्दा बिरामीको सङ्ख्यामा वृद्धि हुने गरेको जानकारी दिए।
खानाको नली, ठूलो आन्द्रा, सानो आन्द्रा सबैखाले हेपाटाइटिस, कलेजोसम्बन्धी समस्या, ग्यास्ट्रिक बढेको, छाती तथा मुटु पोल्ने समस्या, मुखमा पानी आउने, अमिलो–पिरो हुने, खाँदा कुनै कुरा अड्किएको, पेट फुल्ने, कालो दिसा जानु, नियमित दिसा नहुनुजस्ता समस्याको डा घिमिरेले उपचार गर्ने बताइएको छ ।
नेपालमा ‘लिभर सिरोसिस’ को समस्या दिनानुदिन बढ्दै गएको पनि डा. घिमिरेले बताए।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण