सर्वोच्च अदालतको स्टे अर्डर भ्याकेट गराउन गच्छदारको माग
काठमाडौँ, जेठ १६ गते । उपप्रधानमन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा रहेको नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तहको संख्या थप गरेको विषयमा सर्वोच्च अदालतले दिएको स्टे अर्डरलाई निस्कृय पार्न सरकारसँग माग गरेको छ ।
सर्वोच्च अदालतले दिएको स्टे अर्डरलाई भ्याकेटको प्रकृया शुरु गर्न सरकारसँग सो दलले माग गरेको सो पार्टीका महासचिव भेर्तेन्दु मल्लिकले जानकारी गराए । स्थानीय तहको सँख्या थप्ने विषयमा अध्यायन गर्न सो पार्टीका अध्यक्ष गच्छदारको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले दिएको प्रतिवेदनका आधारमा २२ वटा स्थानीय तह थप्ने निर्णय गरेको थियो ।
साथै आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा सहभागि गराउने सरकारले वतावरण बताउनु सरकारलाई आग्रह गरेको छ ।
लोकतान्त्रिक फोरमको केन्द्रीय पदाधिकारी बैठकले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा राजपा नेपाल समेत सबै दललाई सहभागि गराउन उपयुक्त राजनीतिक वतावरण बनाउन माग गरेको छ ।
साथै राजपा नेपाललगायत अन्य दलवहरुलाई निर्वाचनमा सहभागि गराउनका लािग जेठ ३१ को चुनावलाई १२ दिन पछाडि सार्न माग गरेको छ ।
यद्यपी सोमवार नै बसेको मन्त्रीपरिषदको बैठकले असार ९ गतेका लागि चुनावका मिति सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण