इटहरीमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन
इटहरी, जेठ १६ – सुनसरीको इटहरीमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयको सुनसरीका प्रमुख निर्वाचन अधिकृत, सुनसरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन प्रमुखको टोलीले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।
कार्यक्रममा इटहरीका निर्वाचन अधिकृत भरतमनी रिजालले इटहरी उपमहानगरपालिकामा २० वटा वडा मा २५ मतदान केन्द्र, ८७ मतदान स्थलमा ७७ हजार ६ सय ७७ वटा मतदाता संख्या रहेको जानकारी दिएका थिए । यस्तै उपमहानगरपालिका भित्र चाडै नै बिजयी मेयर र उपमेयर बस्ने भवनको निर्माण भइरहेको बताए ।
असार ९ गते हुने दोस्रो चरणको चुनावको लागि निर्वाचन अधिकृतले निर्वाचनको लागि उम्मेदवारको मनोनयन गर्ने , निर्वाचन गराउने , मतगणना गराउने लगायतका काम यस निर्वाचन अधिकृतको कार्यालयबाट हुने छ ।
उद्घाटन कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली, मुख्य निर्वाचन अभिकृत अर्जुन कोइराला, जिल्ला निर्वाचन प्रमुख लगायतले निर्वाचनको शान्ति सुरक्षा र तयारीको बिषयमा आफनो धारणा राखेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण