घर बनाउन गएका जिग्री र पाडेँको पहलमा गाउँनै उज्यालो
काठमाडौं, जेठ १५ –पछिल्लो समयका चर्चित हाँस्य कलाकारद्धोय कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाडेँ’ले आफ्नो नामबाट स्थापना गरेको सामाजिक संस्था ‘जिग्रीपाडेँ’ प्रतिष्ठानको पहलमा सप्तरीका करिब २ सय घरपरिवारको घरमा उज्यालो छाउने भएको छ ।
बर्षाै देखि बिजुली बिहिन रहेर अन्धकारमा रहन बाध्य सप्तरीको गम्हरिया परवाहको पट्टि टोलमा प्रतिष्ठानको पहलमा बिजुली बल्ने पुग्ने भएको हो ।
दृष्टिविहिन मण्डल परिवारका ३ घर निर्माणका लागि सप्तही पुगेका कलाकार जिग्री पाडेँले आफ्नो प्रतिष्ठान मार्फत उज्यालोका लागि विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसामु प्रस्ताव राखेर सो स्थानमा विजुली पुर्याउने काम गरेका हुन् ।
उनीहरुको काममा उर्जामन्त्री जनार्दन शर्माले पनि साथ दिएका छन् । मन्त्रीकै तोकआदेश अनुसार प्राधिकरण प्रमुख कुलमान घिसिङको प्रत्यक्ष पहलमा उक्त स्थानमा बिजुली पुर्याउने काम दृ्रत गतिमा भइरहेको कलाकार अर्जुन घिमिरेले बताए ।
प्रतिष्ठानले सुरु गरेको दृष्टिविहिन मण्डल परिवारको ३ घर निमार्णको अहिले अन्तिम चरणमा छ । घर २४ जेठमा गते हस्तान्तरण गर्ने योजना रहेको कुमार कट्टेलले जानकारी दिए । ३० लाखको बजेटमा निर्माण हुन लागेको घर भुकम्प प्रतिरोधी, बाल मैत्री, अपाङ्ग मैत्री हुने समेत हुनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण