शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पेपर मिलको फोहोरले रुपन्देहीको दानव नदी प्रदूषित

मङ्गलबार, १६ जेठ २०७४, १० : ०८
मङ्गलबार, १६ जेठ २०७४

बिन्दु कुमार चौहान

लुम्बिनी १५ जेठ । लुम्बिनीमा औद्योगिक प्रदूषण बढीरहेको बेला रुपन्देहीको सेमरी स्थित रिलायन्स पेपर मिलको फोहोर दानव नदीमा खसाल्दा पानी प्रदूषित भएको छ ।

फोहोर प्रशोधनका लागि चारवटा पानी पोखरी हुँदाहुँदै पनि रिलायन्स पेपरमिलले कारखानाबाट निस्केको फोहोर प्रशोधन नगरी केमिकलयुक्त फोहोर सोझै दानव नदीमा खसालेको कारण नदीको पानी प्रदूषित भएको हो ।

नदीको पानी कालो भएपछि गाईभैसीले पनि पानी खान छोडनुका साथै प्रकटेश्वरनाथ मन्दिरमा जलाअपर्णकार्य समेत बन्द भएको गुण्डी निवासी स्थानीय रमायन बरईले जानकारी गराए ।

त्यसै दानव नदीको पानीमा एसिड मिसावट भई फोहोर भएपछि जलचर माछा,भ्यगुता,गोही,घोघी, मर्न थाले पछि आहारका आभावमा दुर्लभ सारसपन्छीको जीवन चक्र संकटमा पर्न थालेको पर्यावरण क्षेत्रमा कार्यरत ग्रीनयुथ आफ लुम्बिनीका सल्लाहकार अजयसिहंले बताए ।

त्यतिमात्र नभई नदीको एसिड केमिकलयक्त प्रदूषित पानी पशुुले खाए पछि फोक्सो श्वासप्रश्वास र छाला रोगबाट ग्रसित हुनुका साथै मर्चवार लिफट सिचाई योजना मार्फत १६ सय हेक्टरजग्गामा कृषकहरुले पानी सिचाईका लागि प्रयोग गर्दा बाली पहेलो हुने टुसा नपलाउने छिटो नपाक्ने जस्ता समस्या सिर्जना भएको सिद्धार्थ एग्रोभेटका संचालक लालाप्रसाद लोधको भनाई छ ।

नदीमा प्रशोधन गरेर मात्र फोहोर खसाल्नका लागि केही बर्ष पहिले उक्त मिलका संचालक, रुपन्देही जिल्ला प्रशासन कार्यालय रुपन्देही तथा मर्चवार जलउपोक्ता मूल समितीबीच भएको समझौता हालसम्म कार्यन्यन नहुँदा कृषकहरु मर्कामा परेको मूल समितीका ब्यवस्थापक बिश्वनाथ आर्यले बताए ।

सो समस्या समाधानका लागि पेपरमीलका संंचालक श्यामबाबू अग्रवालसँग जिज्ञासा राख्दा उनले आफू उद्योग बाणिज्य संघको प्रदेशको चुनावमा ब्यस्त रहेको बेला नदीमा उद्योगको फोहोर खसालिएको स्वीकार गरे । उनले तत्काल रोक्ने प्रतिबद्धता जनाएका छन् ।

दानव नदीमा फोहोर नफाल्न रुपन्देही उद्योग बाणिज्य संघ मार्फत आफूले तत्काल पहल गर्ने बाणिज्य संघ रुपन्देही सदस्य गोबिन्द ज्ञवालीले बताएका छन् ।

बद्धजन्म स्थल लुम्बिनी वरिपरि १५ किलोमीटर र भैरहवा तौलिहवा सडकको दुबै पट्टि एक किलोमीटर फोहोरजन्य उद्योग स्थापना गर्न नपाईने मापदण्ड बिपरीत खोलिएका ४२ वटा उद्योग हस्तान्तणका लागि युनेस्कोले नेपाल सरकार र वातावरण मन्त्रालयलाई १८ पटक पत्राचार गरे पनि कार्यन्यवयन नहुँदा लुम्बिनीमा औद्योगिक प्रदूषण कायमै रहेको जर्मनी विपश्यना केन्द्र लुम्बिनीका प्रमुख भिक्षु बिबेकानन्दको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप