शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ट्वीटरः फिर्ता भएको केही घण्टाभित्रै पुनः सस्पेन्ड भए गायक अभिजित

मङ्गलबार, १६ जेठ २०७४, १० : ३५
मङ्गलबार, १६ जेठ २०७४

बीबीसी

जेठ १६ – आपत्तिजनक ट्वीटका कारण सस्पेन्ड भइसकेका गायक अभिजितको नयाँ अकाउन्ट पनि ट्वीटरले सस्पेन्ड गरेको छ ।

सोमबार गायक अभिजित भट्टाचार्यले एक नयाँ अकाउन्ट (@singerabhijeet) बाट ट्वीटरमा फिर्ता भएका थिए ।

नयाँ अकाउन्टको प्रमाणिकताका लागि उनले ‘भारत माताकी जय’ को नारासँग एक भिडियो पनि पोष्ट गरेका थिए ।

उक्त भिडियोमा उनले आफ्नो आवाज दबाउने कोसिस गरिरहेको पनि बताएका छन् । तर आफू देश र भारतीय सेनाविरुद्ध सेनाविरुद्ध नारा लगाउनेहरु बिरुद्ध चुप नलाग्ने बताएका छन् ।

उनले भने, ‘जबसम्म मेरो भेरिफाइड अकाउन्ट पुनः एक्टिभ हुँदैन तबसम्म तपाईं मलाई यो अकाउन्टमा फलो गर्न सक्नुहुन्छ । आइ एम ब्याक ।’

ट्वीटरले छात्र नेता शाहल राशिदविरुद्ध आपत्तिजनक ट्वीट गरेका कारण अभिजितको ह्याण्डल सस्पेन्ड गरेका थिए ।

बलिउड अभिनेता अनुपम खेर अभिजितको समर्थनमा उत्रिएका छन् । उनले यस विषयमा ट्वीटरमा लेखेका छन्, ‘एक पटक पुनः गायक अभिजितको अकाउन्ट सस्पेन्ड गरिएको छ । ट्वीटर इन्डियालाई के समस्या छ । किन ट्वीटरले सबै राष्ट्रवादीहरुको अकाउन्ट बन्द गरिरहेको छ ?’

@AdityaMenon22 ले लेखे, ‘ट्वीटरले एक पटक पुनः अभिजितको अकाउन्ट बन्द गरेको छ । यस्तो लाग्छ कि अभिजितले अझै थोरै अपमानित हुनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप