शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जिफन्टको नाममा ठगी गर्ने गिरोह प्रहरी फन्दामा

मङ्गलबार, १६ जेठ २०७४, १० : २३
मङ्गलबार, १६ जेठ २०७४

संजय मिश्रा

रौतहट, जेष्ठ १६ –  मनकामना सामाजिक संस्थाको नामको समुह गठन गरी लाखौँ रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

निःशुुल्क भैंसी, गाई र बाख्रा दिने, विभिन्न सीपमुलक तालिम दिने, बिरामी सदस्यको उपचार गराउने, एकलाख ५० हजारको बिमासमेत निःशुुल्क गरिदिने प्रलोभन दिएर दलित बिपन्नलाई ठगी गर्दै हिँडेका गिरोहलाई कटहरियाबाट पक्राउ गरेको हो ।

संस्थाको सदस्यता बापत ११ सयका दरले उनीहरुले ठगी गरेको २५ हजार रुपैयाँ प्रहरीले फिर्ता गराएको थियो ।

पक्राउ पर्नेहरुमा माधव नारायण गाँउपालिका–१का रामप्रवेस महतो नुुनिया, अमनेस महतो नुुनिया र राजपुुर तुुलसी १ का रामावति देवि मुुखिया बिन रहेको प्रहरीले जनाएको छ ।

उनीहरुबाट एमालेको भ्रातृ संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को कार्ड बरामद गरिएको छ ।

उनीहरुको साथबाट आधा दर्जन रजिष्टर, बिभिन्न समुुहको निर्णय पुुस्तिका लगायतका सामान बरामद भएको प्रहरीले जनाएको छ ।

कटहरिया गापा–४ का श्याम सुन्दर साह, सोविता देवी, रमिता देवी, तेतरी देवी, चन्दा देवी, सारदा देवी र बिन्दा देवीको निवेदनको आधारमा उनीहरुलाई ईलाका प्रहरी कार्यालय कटहरिया बाट गएको टोलीले पक्राउ गरेको थियो ।

एसपी यज्ञ बिनोद पोखरेलको निर्देशनमा पक्राउ ठग गिरोहलाई थप कार्यवाहीका लागी सोमवार जिल्ला प्रहरी कार्यालय गौर पठाइएको ईप्रका कटहरियाका सई धर्मेन्द्र रायले बताएका छन् ।

गरिव,दलित,महिला,बिपन्नलाई बिभिन्न प्रलोभन दिएर ठगी गर्ने गिरोहलाई कानुुन बमोजिम कार्यवाही हुुने एसपी यज्ञबिनोद पोखरेलले बताए ।

ठगी गर्ने उक्त गिरोहले यस अघि सिम्राभवानीपुर, दिपही, सितलपुुर, मलाही लगायतका गाँउका सोझा कहिला, दलित, बिप्पनसँग सदस्यता दिने नाममा लाखौं रुपैया ठगी गरेको पिडितहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप