शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

न्युजर्सी एन्टा चौथों सम्मेलन सम्पन्न, सभापतिमा सिंह

मङ्गलबार, १६ जेठ २०७४, १० : ५२
मङ्गलबार, १६ जेठ २०७४

वाशिंगटन डीसी, जेठ १६– ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा) को चौथो सम्मेलन हालै सम्पन्न भएको छ । मे २६ मा अमेरिकाको न्यूजर्सीमा सम्पन्न सम्मेलनले नयाा कार्यसमिति चयन गरेको छ । दुई बर्षको लागि चयन कार्य समितिको सभापतिमा विजय सिंह, वरिष्ठ उपाध्यक्षमा डा. सुबोध मल्लिक, उपाध्यक्षमा अरविन्द सिंह, उपाध्यक्षमा सुभाष कुमार बैठा, सचिवमा इन्द्रदेव साहु, सह सचिवमा जितेन्द्र ठाकुर, कोषाध्यक्षमा मुकेस कर्ण चयन भएका छन् ।यसैगरि प्रवक्तामा अपरजिता झा तथा सदस्यहरुमा ओम गोइत , खुस्बु मिश्र, मोहन यादव, रतनेश झा ,अर्चना कायस्थ लगायतका सदस्यहरु निर्वाचित भएका छन् । सम्मेलनको मुख्य नारा मधेसका लागि शान्ति र समृद्धि भन्ने रहेको थियो भने सम्मेलनमा विभिन्न राज्यहरुमा बसोबास गर्ने मधेसी समुदायको प्रतिनिधिमूलक सहभागिता रहेको थियो । सम्मेलनमा सहभागिहरुले आपसी सहयोग ,आफ्नो भाषा, संस्कृति, रिती रिवाजको संरक्षण र सम्वर्धन गर्ने जस्ता बिषयमा गहन छलफल गरेका थिए । उनीहरुले आफु बिदेशमा रहेपनि आफ्नो देश र मातृभुमीको लागि सहयोग र विकास गर्न तयार रहेको बताएका थिए । सम्मेलनको उद्घाटन कार्यक्रममा नेपालका लागी पूर्व राजदूत स्कोट डेलेसी,कोरियन एडभोकेन्सीका मैनेजिंग डायरेक्टर जे. डी. किम, एलाइन्स फर पिस विलडिगंका पूर्व सभापति चार्ल्स दामवाच, प्रमुख अतिथि राघवेन्दर द्विवेदी, एन्टाका संस्थापक सभापति रतन झा, डा. उपेन्द्र कर्ण, डा. नविन सिंह,ललित झा लगायत अन्य अतिथिहरुले मन्तव्य राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप