शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

श्रीकृष्णको सम्झानामा श्वेताको माझी गाउँ पुनर्निर्माण अभियान (फोटोफिचर)

मङ्गलबार, १६ जेठ २०७४, ११ : ०१
मङ्गलबार, १६ जेठ २०७४

शिलान्यास गर्दै भनिन् ‘बस्ती निर्माणपछि मात्र खुसी मिल्छ’

काठमाडौं, जेठ १५ – अभिनेत्री श्वेता खड्काले आफ्नो ‘श्वेता श्री’ फाउन्डेसन मार्फत निर्माण गर्न लागेको ‘माझी बस्ती’को शिलान्यास भएको छ । राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका सीइओ डा. गोविन्द पोखरेलले हिजो सोमबार सिन्धुपाल्चोकको माझी गाउँ पुगेर बस्ती शिल्यान्यास गरे ।

चलचित्रकर्मी, अतिथि र पत्रकारको एक जम्बो टोलीसहित श्वेता सोमबार बस्ती शिलान्यासका लागि माझी गाउँ पुगेकी थिइन् । बस्तीमा उनी लगायत उनको टोलीमा समावेश सबैलाई स्थानीय बासिन्दाले फूलमाला लगाएर भव्य स्वागत गरेका थिए ।

‘हाम्रो रहर, सानो घर’ मुल नारा लिएर पुगेकी श्वेताको माझी बस्तीमा ५६ वटा घर निर्माण गर्ने योजना रहेको छ ।

शिलान्यास कार्यक्रममा पूर्वप्रधान सेनापति रुक्मागत कटुवाल, डाक्टर भोला रिजाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नायक निखिल उप्रेती, कलाकार बसुन्धरा भुषाल, वितरक गोपाल कायस्थ, गायकद्वय प्रमोद खरेल र युवराज चौलागाई, हाँस्य कलाकार जितु नेपाल लगायत माझी बस्ती पुगेका थिए ।

भूकम्प पछि घरबार बिहिन भएका माझी गाउँका बासिन्दा निकै कस्टकर जीवन बिताइ रहेका छन् । उनीहरुको अवस्थाको पटक पटकको अध्यायन गरेर श्वेताले आफ्नो ‘श्वेता श्री’ फाउन्डेशन मार्फत सहयोग गर्न लागेकी हुन् ।

कार्यक्रममा अभिनेत्री श्वेताले स्वर्गिय पती अभिनेता श्रीकृष्णको तस्बिर छुदै पुरै बस्ती निर्माण र हस्तान्तरण पछि आफुलाई खुसी मिल्ने बताइन् । ‘ पती श्रीकृष्णले नै मलाई समाज सेवामा अग्रसर गराएका हुन्’ उनले भनिन् ‘उहाँको समाजसेवा चहाना पुर गर्न आफुले बस्ति निर्माणमा हात बढाएकी हुँ ।’

बस्ती शिल्यान्यासमा स्थानीय माझी समुदायको उल्लेख्य सहभागिता रहेको थियो । बस्ती निर्माण पछि आफुहरुले कस्टकर जीवन बिताउन नपर्ने भनाई स्थानीय ब्यक्तिहरुको थियो ।

भूकम्प पछि माझी समुदाय सोही समय राहतको रुपमा दिएको पाल तथा टिनबाट बनाइएको झुपडीमा जीवन गुजारा गर्दै आएका छन् ।

तस्विर : विजु महजर्न

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप