शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

किन बहिस्कार गर्यो एमालेले देउवाले बोलाएको सर्वदलीय बैठक ?

मङ्गलबार, १६ जेठ २०७४, ११ : १३
मङ्गलबार, १६ जेठ २०७४

काठमाडौ, जेठ १५ – नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको छ ।

राष्ट्रपतिको आह्वान बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमतीय सरकार गठनका लागि दलहरुलाई पत्र पठाएर मंगलबार विहान छलफलका लागि बोलाएका थिए । संसद भवन बानेश्वरमा एमालेबाहेकका दलको बैठक भने जारी छ । स्थानीय निर्वाचनको मतपरिणामलाई आधार मान्दै एमालेले आफुले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न पाउनुपर्ने बताउदै आएका बेला कांग्रेसले देउवाको नेतृत्वमा सरकार गठन गर्ने भन्दै पत्र पठाएपछि एमाले असन्तुष्ट बनेको हो ।

एमाले प्रवक्ता समेत रहेका योगेश भट्टराईले स्थानीय तहको पहिलो चरणको निर्वाचन परिणामले कांग्रेस भन्दा एमाले ठुलो दल देखिएकाले एमालेले अव बन्ने सरकारको नेतृत्वको दावी गर्नु स्वभाविक रहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत बुधबार राजीनामा दिएपछि राष्ट्रपति विद्या भण्डारीले बिहीबार सात दिनको समय दिएर सहमतीय सरकार गठनका लागि आव्हान गरेकी थिइन् । राष्ट्रपतिले आव्हान गरेको सात दिनमध्ये आज छैठौ दिन वितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप