तनहुँमा माइक्रोबस दुर्घटना १५ घाइते
मङ्गलबार, १६ जेठ २०७४, ११ : १५
तनहुँ, जेठ १५ – तनहुँको म्याग्दे गाउँपालिका वडानम्बर २ माथिल्लो गुणादीमा माइक्रो बस दुर्घटना हँुदा सवार १५ जना यात्रु घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पोखराबाट काठमाडौंतर्फ जादै गरेको ग १ ख ४९५२ नम्बरको माइक्रो मंगलबार दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाईते भएका २ जनालाई पोखरास्थित मणिपाल अस्पताल पठाइएको र ६ जनालाई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पठाइएको प्रहरीले बताएको छ । गति तीव्र भएकोले दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण