यौनकर्मी थिए किम जोंग–नमलाई मार्ने दुई महिला ? यस्तो छ नालीबेली
बीबीसी
जेठ १६ – उत्तर कोरियाली नेता किम जोंग–उनका सौतेनी दाइ किम जोंग–नमको हत्याको आरोप दुईजना महिलामाथि छ । दुबै मलेसियामा मुद्दा खेपिरहेका छन् ।
१३ फेब्रुअरी सन् २०१७ मा मलेसियाको क्वालालम्पुर एयरपोर्टमा दुई महिलाले कथित रुपमा एक विषालु रसायनले हमला गरेपश्चात् किम जोंग–नमको ज्यान गएको थियो ।
प्रशासनको भनाई अनुसार महिलाले वी एक्स (जर्व एजेन्ट) नामको रसायनको प्रयोग गरेका थिए जसलाई संयुक्त राष्ट्रले ‘सामूहिक विनासको हतियार’ बताउँदै प्रतिबन्ध गरेको छ ।
[caption id="attachment_149129" align="alignleft" width="906"] जान दी होंग, सीती आइसा[/caption]दुबै आरोपी – २५ वर्षकी सिति आइसा इन्डेनेसिया र २८ वर्षीया जान दी होंग भियतनामकी नागरिक हुन् । मंगलबार उनीहरु क्वालालम्पुर कोर्टमा पेश हुनुपर्छ ।
हमलाको सिसिटिभी फुटेजमा दुई महिला किम जोंग–नामको पछाडिबाट उनीतर्फ बढ्छन् र उनीमाथि हमला गर्छन् । उत्तर कोरियाका अनुसार वरिपरिका मानिसहरुले सबैकुरा हेरिरहेका छन् जसलाई ‘ह्यान्डलर’ को नाम दिइएको छ । यी मानिसहरुले घटनापछि भिन्न–भिन्न स्थानका लागि फ्ल्याइट लिएका थिए ।
दक्षिण कोरियाली मिडियाले केही प्रमाणबिना नै हत्याका लागि किम जोंग उनलाई दोषी देखाएका छन् ।
यद्यपी, जोंगमाथि शंका गर्ने कारण पनि छ । सन् २०११ मा उत्तर कोरियाको सत्ता सम्हालेपछि जोंगले थुप्रै अधिकारीलाई मृत्युदण्ड दिएका छन् जो उनको कुर्सीका लागि खतरा छन् ।
दुबै महिलामाथि उक्त अपराधलाई निष्कर्षमा पुर्याएको भन्ने आरोप छ योजना बनाएको भनी होइन ।
[caption id="attachment_149131" align="alignleft" width="834"] जान दी होंग[/caption]उक्त घटना हुनु महिनौं पहिले दुबै महिला क्वालालम्पुरमा ‘अनैतिक’ मानिने काममा समावेश थिए । मलेसियाली पुलिसका अनुसार जान दी होंग एक ‘मनोरञ्जन आउटलेट’ मा काम गर्छिन् । जबकी सीती मसाज पार्लरजस्तो सानो फ्लेमिंगो होटलमा काम गर्थिन् ।
सेक्स कारोबारमा समावेश हुनसक्छन् महिला ?
मलेसियाली मिडियामा जस्तो प्रकारको खबर चलिरहेको छ, त्यसअनुसार दुबै महिला सेक्स कारोबारमा समावेश हुनसक्ने अनुमान गरिएको छ । यद्यपी, यसको सिधा प्रमाण भने छैन ।
जान दी होंगको फर्जी नामका थुप्रै फेसबुक पेज भएको बताइन्छ । रेकर्डका अनुसार दुबै महिला मलेसिया नजिकै फिनोम पेन र दक्षिण कोरियामा आवजजावत गर्दथे ।
यो पनि स्पष्ट छैन कि दुबै महिलाले एक अर्कालाई चिन्थे वा चिन्दैनथे । यद्यपी, पुलिसको दाबी अनुसार उक्त हमलाको नतिजा थाहा हुँदा हुँदै पनि उनीहरुले घटनालाई निष्कर्षमा पुर्याएका थिए ।
दुबै महिलाको आफ्नो मूल घरबाट क्वालालम्पुरसम्मको यात्रा निकै साधारण कहानी हो । इन्डोनेसियाकी सीती आइसा तांगरांगको सेरांगकी हुन् । उनी चमक धमक भएको जकार्ता शहरबाट दुईघण्टा टाढा छ । उनका आमा बुवा किसान हुन् र आलू र बेसारको खेती गर्दछन् ।
सीतीका तीनजना बहिनी छन् । जुन प्राइमरी स्कूलमा सीतीले पढाई गरेकी थिइन् त्यहाँका शिक्षकले उनलाई शान्त र विनम्र महिला बताउँछन् । प्राइमरी स्कूलपछि उनका आमा–बुवाले उनको थप पढाई खर्च व्यवहोर्न सकेनन् ।
भियतनामकी जान दी होंगको जिन्दगी पनि केही भिन्न भने थिएन । हनोईबाट ९० किलोमिटर टाढा निया बिन्ह नामको गाउँमा एक धानको खेतको किनारामा बनेको एक सानो घरमा उनको परिवार बस्छन् । त्यहाँका धेरैजसो मानिसहरु किसान हुन् ।
जान दी होंग, सीती आइसाहोंगका बुवा सन् १९७२ को भियतनाम युद्धमा घाइते भएका थिए र अहिले एक स्थानीय बजारमा गार्डको रुपमा काम गर्छन् । उनकी आमाको सन् २०१५ मा मृत्यु भएको थियो, त्यसपछि उनका बुवाले दोस्रो विवाह गरेका थिए । उनका पिताले बीबीसीसँग कुराकानीमा भने, ‘उनी मसँग नजिक थिइनन् । उनले १८ को उमेरमा घर छोडेकी थिइन् । त्यसपछि हामीसँग उनको भेट नै भएन ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण