नेपाली ठिटोजको नयाँ गीत ‘चस्मा वाला’
मङ्गलबार, १६ जेठ २०७४, ११ : २१
काठमाडौं, जेठ १६ –नेपाली ठिटोजको नयाँ गीत ‘चस्मा वाला’ सार्वजनिक भएको छ । भिडियो सहित यो गीत राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।
सुमि चाम्लिङ राईको स्वर रहेको गीतमा डि.पी खनालका शब्द र शंकर थापाको संगीत छ । भिडियोमा भने ‘नेपाली ठिटोज टिम’ले अभिनय गरेका छन् । भिडियोमा ठिटोजलाई सन्ध्या भट्टराईले साथ दिएकी छिन् ।
‘नेपाली ठिटोज टिम’का क्याप्टेन सुनिल क्षेत्री भारतीय रियालिटी शो डान्स इन्डिया डान्सका प्रतियोगी पनि हुन् । गीतको कभर भिडियो बनाउनेलाई ५० हजार पुरस्कार दिईने घोषणा समेत कार्यक्रममा गरियो ।
https://youtu.be/BI97a4oXtN0
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण