नायक बन्ने परिपाटी तोडियो : हरिबंश आचार्य
तुलसीपुर जेठ १६ – वलियो पाखुरा र चिटिक्क अनुहार भएको मान्छे मात्रै हिरो र हिरोइन बन्ने चलचित्रको क्षेत्रको मान्यता अहिले तोडिएको बरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले बताएका छन् । चलचित्र पत्रकार संघ दाङले तुलसीपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै आचार्यले कलाकारिता क्षेत्र ब्यवसाही बन्दै गएको समेत धारणा अगाडि सारे । ‘हाम्रो समयमा व्यावसायिकता भन्दा पनि रहरका लागि मानिस कलाकारितामा आउथे’ आचार्यले भने ‘अहिले कलाकारिताले व्यावसायिकताको रुप लिएको छ, कलाकार वनेरै सुन्दर तरिकाले जीवन निर्वाह गर्न सकिन्छ ।’ पछिल्लो समय जाति वा संस्कृतिका विषयमा आधारित चलचित्र वन्ने बढ्दो क्रमले सामान्य पात्रले समेत चलचित्रका नायक नायिका वन्ने अवसर पाएको आचार्यएको भनाई रहेको छ । ‘नेपाली कला क्षेत्रमा चार दशक विताएका आचार्यले मौलिक कथाले मात्रै नेपाली चलचित्रको वजारलाई फराकिलो बनाउदै बिदेशी भुमिकामा पहिचान दिलाउन सक्नेछ’ उनले थपे । कलाकार आचार्यले अरुको नक्कलले चलचित्रमा लगानी गर्न गाहे भएको उल्लेख गर्दै आफ्नै कथामा चलचित्र बनाए चलष्गानी उठाउन जोखिम नहुने बताए । – कार्यक्रममा पत्रकार वसन्त विवश आचार्यले चलचित्रको क्षेत्रमा नयाँपनले प्रवेश पाउँदा नेपाली दर्शकहरु वढ्दै गएको वताए । – रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीले हरिवंश आचायले नेपाली कला क्षेत्रमा अतुलनिय योगदाना दिएको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण