शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मिस एसईईका १७ युवतीको प्रतिस्पर्धा

मङ्गलबार, १६ जेठ २०७४, ११ : ४१
मङ्गलबार, १६ जेठ २०७४
पोखरा, जेठ १६ – माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका छात्राहरुलाई सवल र सक्षम बनाई उनीहरुको प्रतिभा तथा कलालाई प्रस्फुटन गराउने उद्देश्यले आयोजित ‘मिस एसइइ’मा १७ युवती बिच अन्तिम स्पर्धा हुने भएको छ । शारीरिक, बौद्धिक तथा व्यवहारिक सुन्दरता भए मात्र जीवन सफल हुन्छ भन्ने अभिप्रायले आयोजित प्रतियोगिता ईभेन्टस फर यु प्रालिले आयोजना गरेको हो । सारेगम इन्टरटेन्मेन्ट हाउसको सहकार्य तथा लायन्स क्लब अफ व्युटी सिटिको विशेष सहयोगमा आयोजित प्रतियोगिता व्यक्तिलाई हरेक पक्षमा पर्खर बनाउनुपर्छ भन्ने उद्देश्यले विगत ४ वर्ष देखि गर्दै आएको ईभेन्ट्स फर यु का अध्यक्ष विशाल गुरुङले बताए । उनका अनुसार प्रतियोगिताका सहभागिलाई आरजे, भिजे, ¥याम वाल्क, म्युजिक तथा डान्स, मोटिभेसनल, फोटोसेसन, वुमन इम्पावरमेन्ट क्लास, पोलिटिसियन लगायतका विषयमा प्रशिक्षण दिइनेछ । प्रतियोगिताको ग्राण्ड फिनाले आगामी जेठ २७ गते पोखरा उद्योग वाणिज्य संघको हलमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप