शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एमाले देउवाले बोलाएको बैठकमा नजानुको कारण खोले नारायणकाजीले

मङ्गलबार, १६ जेठ २०७४, ११ : ५९
मङ्गलबार, १६ जेठ २०७४
काठमाडौं, जेठ १६– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले कांग्रेस सभापति शेरबहादुर देउवाको कमजोरीका कारण नेकपा एमाले सर्वदलीय बैठकमा सहभागि नभएको बताएका छन् । श्रेष्ठले कांग्रेसले यसअघि नै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भनि एमालेलाई पत्र पठाएकाले ऊ बैठकमा सहभागि नभएको सामाजिक सञ्जालमार्फत बताएका छन् । उनले भनेका छन्, ‘सहमतिको सरकार गठनका निम्ति आयोजित बैठकमा एमालेको उपस्थिती रहेन। नेकाले आफ्नै नेतृत्वमा सहमतिको सरकार भनेर सशर्त पत्र नपठाएको भए आउँथ्यो कि।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप