भरतपुर प्रकरणः केपी ओलीसहितका नेताहरु निर्वाचन आयोगमा
मङ्गलबार, १६ जेठ २०७४, १२ : १३
काठमाडौं, जेठ १६– चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा मतपत्र च्यातिएसँगै अबरुद्ध बनेको मतगणना कार्यलाई तत्काल सुचारु गर्न ध्यानाकर्षण गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु आज निर्वाचन आयोग जाँदैछन् ।
मध्यान्ह साढे १२ बजे नेताहरु आयोग पुगेर तत्काल रोकिएको मतगणना सुचारु गराउन ध्यानाकर्षण गर्न लागेका हुन् ।
सोमबार राती एमाले र माओवादीका प्रतिनिधिबीच विवाद हुँदा भरतपुर महानगरको मतगणना क्रममा मतपत्र च्यातिएको थियो भने त्यसपछि मतगणना स्थगित भएको छ ।
कांग्रेस र माओवादी केन्द्रले पुनःमतदान हुनुपर्ने माग गरिहरेको बेला एमालेले भने मतगणना रोकिएको स्थानबाट पुन सुचारु हुनुपर्ने माग राख्दै आएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण