शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

देउवाले बोलाएको सर्वदलीय बैठक विनासहमति सकियो

मङ्गलबार, १६ जेठ २०७४, १२ : २७
मङ्गलबार, १६ जेठ २०७४
काठमाडौ, जेठ १६ –सहमतीय सरकार निर्माणका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक विना सहमति सकिएको छ । सभापति शेरबहादुर देउवाले मंगलबार व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलिय बैठक आव्हान गरेका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएपछि बैठक ठोस निष्कर्षमा भने पुग्न सकेन । राष्ट्रिय सहमतिय सरकार गठनमा सहमति जुटाउने प्रयासमा भएको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमाले अनुपस्थित भएपछि उद्देश्य अनुरुप बैठकले ठोष निर्णय गर्न नसकेको प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी दिए । यद्यपि सभापति देउवालाई अध्यक्ष केपी ओलीलाई व्यक्तिगत रुपमा भेटेर भएपनि सहमतिमा ल्याउने प्रयास गर्न भनिएको प्रचण्डको भनाई थियो । नयाँवानेश्वर स्थिति संसद भवनमा बसेको सर्वदलिय बैठकमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यहरु पनि अनुपस्थित रहेका थिए । बैठकमा सहभागी राजपाका तर्फबाट सहभागी नेता लक्षमण लाल कर्णले आफुहरुका माग अहिले पनि संम्बोधन नभएको भन्दै वर्तमान सरकारले उधारो राखेको माग पुरा भए जसको नेतृत्वको सरकार बनेपनि स्वीकार गर्ने बताए । नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले राष्ट्रपतिले सहमतिय सरकार गठनका लागि आव्हान भएकाले त्यसका लागि सहमति जुटाउन सर्वदलिय बैठक आव्हान गरिएको बताए । उनले बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाहेक अन्य सबै दलका प्रतिनिधि उपस्थित रहेको र सहमतिय सरकार गठनमा उनीहरुले सकारात्मक प्रतिक्रिया दिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप