शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बर्षाको स्टाइल र सुन्दरतामा दर्शक मोहित

मङ्गलबार, १६ जेठ २०७४, १२ : ३७
मङ्गलबार, १६ जेठ २०७४
काठमाडौं, जेठ १६ –बिकाश आचार्यको ‘नाई नभन्नु ल २’बाट चलचित्र अभिनयमा डेब्यु गरेकी बर्षा सिवाकोटीका चलचित्र भन्दा धेरै बढी भिडियो सार्वजनिक भएका छन् । म्युजिक भिडियोबाटै चलचत्रि तिर डेब्यु गरेकी यी अभिनेत्रीले ‘पशुपति प्रसाद’, ‘सुब्बा साब’, ‘लप्पन छप्पन’ लगायत करिब आधादर्जन हाराहरीको चलचित्र अभिनय गरेकी छन् । जतिनै चलचित्र अभिनय गरेपछि ‘पशुपती प्रसाद’बाट मात्रै राम्रै चर्चा पाउन सफल उनी दर्शकको नजरमा अभिनेत्रीको रुपमा क्लिक हुन भने अझै सकेकी छैनन् । गतिलो ब्यानर र चम्किला निर्देशकसँग काम गर्ने अवसर पाउँदा पनि ओझेरमा रहने गरेकी बर्षाका ‘लप्पन छप्पन’ पछि कुनै पनि चलचित्र आएका छैनन् । त्यसैले अहिले चलचित्र क्षेत्रमा उनी छिन् वा हराइन् भन्ने जस्ता टिकाटिप्पणी हुन थालेका छन् । यसको जवाफ उनले केही दिन पहिले एक फेसन शो मार्फत दिएकी छन् । राजधानीको तारे होटलमा आयोजित उक्त फेसन सोमा उनले बिभिन्न आकर्षक पहिरन र्याम्पमा प्रस्तुत गरिन् । फेसन डिजाइनर मन्जु बन्जारा ढकालले तयार पारेको गर्मी मौसमका पहिरनमा उनी मोडल दिक्पाल कार्की लगायतका नयाँ तथा पुराना मोडलमा साथ र्याम्पमा देखिएकी थिइन् । सेतोबुट्टा भरिएको हरियो लेहेङ्गा चोलीमा र्याम्पमा उनी क्याटवाक चालमा प्रस्तुत हुँदा निकै राम्री देखिएकी थिइन् । र्याम्पमा उनले पहिरन, स्टाइल र आफ्नो सुन्दरताबाट दर्शक मोहित समेत बनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप