शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

वीरगञ्जस्थित आस्था नेपालमा एक युवकको मृत्यु

मङ्गलबार, १६ जेठ २०७४, १२ : ५४
मङ्गलबार, १६ जेठ २०७४
वीरगंज, जेठ १६ – वीरगन्जको श्रीपुरमा रहेको लागु पदार्थ दुव्र्यसनीहरुको उपचार गर्ने आस्था नेपाल नामक सुधार केन्द्रमा एक युवकको मृत्यु भएको छ । सुधार केन्द्रमा तीन दिन देखि उपचार गराइरहेका वीरगन्ज नगवाका २० वर्षिय दिपु कम्कडको मंगलबार बिहान मृत्यु भएको हो । सुधार केन्द्र परिसरमै बिहान अचानक बेहोश भएका कम्कड उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल पुरयाउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक कम्कडका आफन्तहरुले सुधार केन्द्रको लापरवाहीका कारण कम्कडको मृत्यु भएको आरोप लगाएका छन् । तर सुधार केन्द्रका सन्चालकले भने कम्कडले बिहान लामखुट्टे धपाउने अलआउटको झोल पिएको र त्यसलगत्तै उनले लगातार वान्ता गर्न थालेपछि उपचारका लागि अस्पतालमा लैजादा उनको मृत्यु भएको बताएका छन् । पर्साका प्रहरी उपरिक्षक गोविन्द कुमार साहले भने घटनाका बारेमा अनुसन्धान भइरहेको प्रतिकृया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप