अपराध अपडेटः कहाँ के भयो ?
काठमाडौं, जेठ १६– साउदीबाट आगमन भएका व्यक्तिहरुसंग सुन संकलन गरिरहेका कपिलबस्तु शिवपुर–४ घर भएका ३७ वर्षीय राम भोजन थारु र चितवन विरेन्द्रनगर घर भई काठमाडौं महानगरपालिका नयाँबसपार्कमा होटेल म्याग्दी पोखरा संचालन गरी बस्ने ३२ वर्षीय राजकुमार भुसाललाई प्रहरीले सोमबार २ सय ग्राम सुन सहित पक्राउ गरेको छ । साउदीबाट नेपाल आगमन भएका थारुसंगै आएका साथीसंग भंसार चेकजाँच पश्चात त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङमा बसी सुन संकलन गरी भुसालको होटेलमा लैजाने भनी कुरा गर्दै गरेको अवस्था प्रहरीले दुवैजनालाई उक्त सुन सहित पक्राउ गरेको हो । यस्तै ताप्लेजुङमा जवरजस्ती करणी गरेको अभियोगमा सिरिजङघा गाँउपालिका–६ बस्ने ५१ वर्षीय कुमार कडरीयालाई प्रहरीले पक्राउ गरेको छ । कडरीयाले सोमबार सोही ठाउँ बस्ने मानसिक सन्तुलन ठीक नभएकी २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको बताइएको छ । पीडित महिलालाई स्वास्थ्य परीक्षणको लागि प्राथमिक स्वास्थ्य चौकी तेल्लोक पठाउनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिहरेको जनाइएको छ । यता ललितपुर महानगरपालिका–४ बागडोल डेरा गरी बस्ने भारत दार्जिलिङ्ग नर्थप्वाईण्ट घर भएका अनुप राईको कोठामा सोमबार कोही नभएको अवस्थामा नगद २ लाख रुपैयाँ, सुनका विभिन्न गहनाका सामान समेत गरी करीब ४ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । यस्तै रामेछाप राकाथुम–६ घर भएका २९ वर्षीय सन्तोष बुढाथोकी सोमबार नागार्जुन नगरपालिका–३ पाँचधारा स्थित सडक किनारामा मृत अवस्थामा फेला परेका छन् भने सिरहाको लहान नगरपालिका–१९ छरापट्टी बस्ने २९ वर्षीया नुरजाहा खातुनको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार कलमा जडान भएको मोटर चलाउने क्रममा करेन्ट लागेर असक्त भएकी खातुनको उपचारको लागि लहान स्थित सप्तऋषी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । यस्तै फुङलिङ नगरपालिका–८ स्थित सडकमा पार्किङ गरी राखेको स्काईभेटरमा मंगलबार आगलागी भएर क्षति भएको छ । आगलागीबाट करीव ८० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । खोटाङ को मझुवागढी नगरपालिका–१२ स्थित श्री ज्योति माध्यामिक बिद्यालय जाल्पाको भवनमा गएराती अज्ञात समुहले आगजनी गर्दा ढुङगा माटोले बनेकोे २ तल्ले भवन तथा भवनमा रहेका सम्पूर्ण सामानहरु जलेर करीब ८० लाख रुपैयाँ बराबरको क्षति भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण