शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बेपत्ता प्रहरी हबल्दारको शव खोलाको किनारमा फेला

मङ्गलबार, १६ जेठ २०७४, १३ : ३२
मङ्गलबार, १६ जेठ २०७४

कपिलवस्तु, १६ जेठ । एक साता पहिले बेपत्ता भएका प्रहरी हबल्दारको शव आज फेला परेको छ ।

शिवराज नगरपालिका– ३ खरेन्द्रपुरमा रहेको जवाइ खोलाको किनारमा हबल्दार एकबहादुर खासुको शव फेला परेको हो खरेन्द्रपुरका महिलाले जङ्गलमा साग टिप्न गएका बेला शव देखेर वडा प्रहरी कार्यालय चन्द्रौटालाई खबर गरेका थिए । शव परीक्षणका लागि तौलिहवा पठाइएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।

कपिलवस्तुको बहादुरगन्जमा कार्यरत ३८ वर्षीय खासु यही जेठ ८ गते दिउँसोदेखि बेपत्ता भएको इलाका प्रहरी कार्यालय बहादुरगन्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए । बिदा लिएर आफ्नो घर अर्खाखाँचीको ढिकुरा जानेक्रममा उनी बाटोबाटै हराएका थिए । मानसिक बिरामी हबल्दार खासु “घरमै आराम गर्छु, त्यतै औषधि गराउँछु” भनी हिँडेको थिए ।

खासु दुई महिनादेखि मानसिक रोगी बनेका थिए । उनलाई परिवारको जिम्मा लगाउनाको साटो त्यत्तिकै जान दिइएकाले प्रहरी कार्यालय दोषी भएको उनका परिवारले बताएको छ । खासुका श्रीमती तथा एक एक छोरी र छोरा छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप