शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पानी तान्ने मोटरबाट करेन्ट लागेर मृत्यु

मङ्गलबार, १६ जेठ २०७४, ०८ : ४१
मङ्गलबार, १६ जेठ २०७४

लहान, १६ जेठ । पानी तान्ने मोटरबाट करेन्ट लागेर आज बिहान सिरहाको लहान नगरपलिका– १९ स्थित छरापट्टीमा एक महिलाको मृत्यु भएको छ ।

ट्युबवेलमा जडान भएको मोटर चलाउने क्रममा अचानक करेन्ट लागेर स्थानीयवासी २८ वर्षीया नुरजाहा खातुनको मृत्यु भएको हो । खातुनलाई उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल ल्याउने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

बसको ठक्करबाट घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका– ४ स्थित सडकमा आज बिहान बसको ठक्करबाट मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ५१४२ नम्बरको बसले स १ प ९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार गोलबजार नगरपालिका– २ निवासी प्रेमकुमार महतो, सिरहाकै धनगढीमाई नगरपालिका– ८ निवासी राजेशकुमार महतो र भारत घर भई कसाह चोक बस्ने सुधिर महतो घाइते भएकामा विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप