ट्यांकरले च्यापेर बस चालकको मृत्यु
मङ्गलबार, १६ जेठ २०७४, ०८ : ०७
झापा, १६ जेठ । ट्यांकरले च्यापेर मेचीनगर नगरपालिका– १० मा आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ निवासी कृष्णप्रसाद दाहाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ना २ ख २९७१ नं को ट्यांकर पछाडि सार्ने क्रममा मे १ ख १३०३ नंको बससँग ठोक्किएको थियो । सोही क्रममा मे ४ ख १३१९ नं बसका चालक दाहालको च्यापिएर मृत्यु भएको हो ।
ट्यांकर र बसका बीचमा च्यापिएर गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि बिर्तामोडस्थित बिएनसी अस्पताल ल्याउने क्रममा बाटामा नै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण