शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आइसक्रिम पसलमा आत्मघाती हमला, सोह्रको मृत्यु

मङ्गलबार, १६ जेठ २०७४, १७ : ५९
मङ्गलबार, १६ जेठ २०७४
बग्दाद, जेठ १६ – इराकको बग्दादमा रहेको एउटा र्चिर्चत आइसक्रिम पसलमा आत्मघाती बम हमला हुँदा कम्तीमा पनि १६ जनाको मृत्यु भएको छ । मङ्गलबार भएको आत्मघाती हमलाको इस्लामिक स्टेट (आईएस) लडाकूको समुहले जिम्मेबारी लिएको अधिकारीले जनाएका छन् आईएसले विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ । बग्दादको मध्य भागमा पर्ने कार्रादा जिल्लामा रातिको समयमा भएको हमलामा अरु ७५ जना घाइते भएका छन् । विस्फोटनमा परी अधिकांश मुिस्लम महिला र बालबालिका प्रभावित भएका छन् । मुस्लिम समुदायको महान पर्व रमजानको उपवाससहितको ब्रत सुरु भएलगत्तै आक्रमणकारीले आक्रमण गरेका हुन् । रासस/एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप