तालीवानी कमाण्डर सहित सात जना मारिए
मङ्गलबार, १६ जेठ २०७४, १८ : ०३
कुन्दुज (अफगानिस्तान), जेठ १६ – अफगानिस्तानको कुन्दुज प्रदेशमा मङगलबार तालीवानी लडाकूका एक जना कमाण्डरसहित सात जना मारिएका छन् ।
गुप्तचर निकायले दिएको सूचनाका आधारमा मुल्लाह क्वाली क्षेत्रका आज विहानै सुरक्षा फौजले तालिवानीलाई लक्षित गरी हवाई आक्रमण गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सोहीे क्रममा सात जना विद्रोहीको घटनास्थलमै मत्यु भएको छ र मृत्यु हुनेमा कुख्यात कमाण्डर मुल्लाह इस्माएलसमेत रहेको जिल्ला गभर्नर नसुरुद्धिन नाजारीले सिन्ह्वालाई बताए ।
महत्वपूर्ण कमाण्डरका रुपमा चिनाइएका मुल्लाहले डास्ट ए अर्ची र छिमेकी जिल्ला चार्दारा, इमाम साहिब र अन्य सँगैका ठाउँमा तालिवानी लडाकूहरुको नेतृत्व गर्दै आएका थए ।
अफगानिस्तानमा तालीवानी लडाकूहरु विरुद्ध अमेरिकी सेनाको हवाई आक्रमण प्रायःजसो हुने गरेको पाइन्छ । रासस÷सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण