संघीय बजेटमा सैद्धान्तिक ज्ञान र अनुभवको कमी रह्यो: महरा
मङ्गलबार, १६ जेठ २०७४, १८ : ०४
काठमाडौं, जेठ १६– उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले संघीय बजेटमा सैद्धान्तिक ज्ञान र अनुभवको कमी रहेको स्वीकार गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले संघीय बजेट ल्याउन आफ्नो सैद्धान्तिक ज्ञान कमी रहेको स्वीकार गरेका हुन् । तर पनि स्थानीय तहलाई वित्तिय स्रोत हस्तान्तरण गर्न बजेट सफल भएको उनको भनाइ छ ।
अर्थमन्त्री महराले संघीय शासन लागू भएपछि पहिलो पटक बजेट निर्माण गर्र्नुपरेको कमजोरी भएको उल्लेख गरे । कामचलाउ सरकारले निर्वाचन आचारसंहितालाई समेत ध्यानमा राखेर बजेट ल्याउनु परेकाले त्यसमा नयाँ कार्यक्रम समावेश गर्न नसकिने पनि उनले स्पष्ट गरे । अर्थमन्त्री महराले बजेट समयमै ल्याउन सफलता हासिल गरिएको दावी समेत गरे ।
सरकारले सोमबार पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरी बजेट सार्वजनिक गरेको थियो । अर्थमन्त्री महराले बजेटले संविधान कार्यान्वयनलाई पहिलो प्राथमिकता दिएको पनि स्मरण गराए ।
बजेटमा तीन वटै तहको निर्वाचन, राष्ट्रिय पुनर्निर्माण र नवनिर्माण, राष्ट्रिय महत्वका आयोजनाहरुलाई तीव्र गतिमा अघि बढाउन आवश्यक वित्तीय स्रोतको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण